१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

समपुरक र विशेष अनुदान पाउनेमा १३ योजना

समपुरक र विशेष अनुदान पाउनेमा १३ योजना
अ अ+ अ-

बलेवा । सरकारले राष्ट्रिय योजना आयोगमार्फत बागलुङमा समपुरक र विषेश अनुदानअन्तर्गत १३ योजनालाई बजेट उपलब्ध गराएको छ । समपुरक बजेटअन्र्तगत छ योजना र विशेष अनुदानअन्र्तगत सात योजनाका लागि बजेट विनियोजन गरिएको हो ।

समपुरक अनुदान र विशेष अनुदानमा जिल्लाभर समावेशी हिसाबले योजना छनोट भएका सांसद डा सूर्य पाठकले जानकारी दिनुभयो । योजना आयोगले साझेदारी गर्न सक्ने योजनाको छनोट गरी समपुरक अनुदानका लागि प्रस्ताव आह्वान गरेको थियो । स्थानीय तह तथा प्रदेश सरकारले साझेदारी गर्नुपर्ने समपुरक अनुदानअन्तर्गत बरेङ गाउँपालिकाको परिवाङ–बरेङ सडक निर्माणका लागि रु एक करोड ३७ लाख बजेट विनियोजन गरेको छ ।

जैमिनी नगरपालिकाको कुश्मीशेरा बजारदेखि जैमिनीधामसम्मको सडकका लागि रु ६७ लाख, बागलुङ नगरपालिका–१३ को जलुकनी घुम्तीदेखि भैरवस्थान मन्दिरसम्म रु एक करोड ७४ लाख, बडिगाड गाउँपालिकाको भवन निर्माणका लागि रु ६२ लाख, गल्कोट नगरपालिका–६ र वडा नं ९ को भवन निर्माणका लागि रु एक करोड ३३ लाख र काठेखोला गाउँपालिका–७ रेशको एकपाटेदेखि बौर सडक निर्माणका लागि रु एक करोड ३१ लाख बजेट विनियोजन गरिएको योजना आयोगको तथ्याङ्कमा उल्लेख छ ।

समपुरक अनुदान पाउनका लागि स्थानीय तहले अर्थ मन्त्रालयले उपलब्ध गराउने बराबरकै रकम साझेदारी गर्नैपर्ने व्यवस्था छ । सोहीअनुसार आफ्नो बजेट सिलिङको आधारमा जिल्लाका स्थानीय तहले समपुरक बजेटका लागि प्रस्ताव पेश गरेका थिए । स्थानीय तहले साझेदारी गर्न नपर्ने विशेष अनुदानअन्तर्गत जिल्लाभरका सात योजनाका लागि रु तीन करोड ५३ लाख बजेट विनियोजन गरिएको छ । जिल्लाको तमानखोला गाउँपालिकामा सञ्चालित खुङ्खानी खानेपानी आयोजनाका लागि रु २५ लाख बजेट विनियोजन गरिएको छ ।

बागलुङ नगरपालिकामा प्रारम्भिक बाल विकास कक्षा सुधारका लागि रु ५३ लाख, बरेङ गाउँपालिकामा सञ्चालित झुले बरेङ खानेपानी आयोजना तथा सरसफाइ कार्यक्रमका लागि रु ७५ लाख, बरेङमै धुल्लु बास्कोट स्वास्थ्यचौकी भवन निर्माणका लागि रु ७५ लाख, गल्कोट नगरपालिकाभित्र फोहर व्यवस्थापनका लागि रु ५० लाख र जैमिनी नगरपालिका–२ र ३ मा आलु, अलैँची, मौरीपालन तथा नगदे बाली खेती प्रवद्र्धन कार्यक्रमका लागि रु २५ लाख बजेट विनियोजन गरिएको हो ।