१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ओढ्ने ओछ्याउने बोकेर स्वास्थ्य सेवा लिन आउनेक्रम जारी

ओढ्ने ओछ्याउने बोकेर स्वास्थ्य सेवा लिन आउनेक्रम जारी
अ अ+ अ-

महोत्तरी । बृहत् निःशुुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन बिरामी जाडोमा ओढ्ने ओछ्याउने बोकेर आउनेक्रम जारी रहेको छ ।

स्थानीय सोनमा गाउँपालिका–३ मा सञ्चालित शिविरबाट एक हप्तामा १६ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् । महोत्तरी लगायत सर्लाही, सिन्धुली, धनुुषा र सिरहादेखि यहाँ विरामी आउनेक्रम रोकिएको छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाद्वारा संयुक्तरुपमा यहाँ सञ्चालित शिविरमा स्वास्थ्य सेवा प्राप्त गर्न पहुुँच कम भएका स्थानीयबासीका लागि बरदान सावित भएको छ ।

खखना माध्यामिक विद्यालयमा मङ्सिर २७ देखि शिविर सञ्चालित हुँदै आएको छ । हालसम्म १६ हजार ७४७ बिरामीलाई सामान्य उपचार सेवादेखि ठूलाखाले शल्यक्रियासम्मको उपचार सेवा प्रदान गरिएको सहायक रथी डा देवेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरमा उपचार गर्न आउनुभएका बिरामीमध्ये २४३ जनाको सफल शल्यक्रिया गरिएको छ । शिविरमा दैनिक तीन हजारको सङ्ख्यामा उपचारका लागि अझै बिरामी आउनेक्रम जारी छ । शिविरबाट हालसम्म नौ हजार ५४३ महिला र सात हजार १५४ पुरुष बिरामी उपचार पाएका डा खत्रीले बताउनुभयो ।

पुस ५ गतेसम्म शिविर सञ्चालन हुने कार्यक्रम बनाइएको छ । स्थानीयको मागमा शिविर एक दिन थप गर्ने सम्भावना रहेको बताइएको छ । उपचारका लागि शिविरमा तीन हजार बिरामीले अग्रिम नाम दर्ता गराइसकेका छन् । जचाउन आएकी स्थानीय ६२ वर्षीया काशीकुमारी देवीको पाठेघरबाट पाँच किलो तौलको ट्युमर निकालिएको छ ।

नवजात शिशुदेखि ९० वर्षसम्मका वयोवृद्धाले चिकित्सकबाट सेवा लिनुभएको छ । शिविरमा स्वास्थ्य परीक्षण गराउन महोत्तरी लगायत सर्लाही, सिन्धुली, धनुुषा र सिरहादेखि बिरामी जाडोमा ओढ्ने ओछ्याउने बोकेर आएका शिविर व्यवस्थापन समितिका प्रवक्ता अशोककुुमार यादवले जानकारी दिनुुभयो ।

स्वास्थ्य परीक्षण गर्न आउने पुुरुषमा हर्निया, हाइड्रोसिल र पित्त थैलीको पत्थरीको समस्या देखिएको छ । महिलामा पाठेघर खस्ने समस्या बढी देखिएको सेनानी डा मनिष थापाले जानकारी दिनुभयो ।

शिविरमा प्रसूूति, बालरोग, दाँत, आकस्मिक सेवा, छाला, नाक, कान, घाँटी, छातीका साथै रेडियोलोजी, प्याथोलोजी, इको, इसिजी सेवा उपलब्ध छ । शिविरमा खटिएका स्वास्थ्यकर्मीको टोलीले सुन्दरपुर विद्यालयका विद्यार्थीलाई जुकाको औषधि खुवाउनुका साथै त्यस क्षेत्रका मुसहर र डोमबस्तीमा लामखुट्टे हटाउने औषधिसमेत छर्केका थियो ।

यसैबीच, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानको मौलिक हकमा लेखिएका स्वास्थ्य र शिक्षालगायतका विषय कार्यान्वयन गर्नु तीन तहका सरकारको कर्तव्य हुनाले त्यस कार्यमा लाग्नुपर्छ भन्नुभयो ।

शिविर निरीक्षण गर्न आउनेक्रममा सञ्चारकर्मीसंगको कुराकानीमा उहाँले भन्नुभयो, “सरकारको नीति तथा कार्यक्रममा हरेक तहकमा एउटा स्वास्थ्य चौकी राख्ने व्यवस्था गरेको छ । स्थानीय तहले त्यसको कार्यान्वयका लागि लाग्नुपर्छ । नेपाली सेनाले बेलाबेलामा ठाउँ विशेषमा अभियानका रुपमा शिविर सञ्चालन गरेर त्यसमार्फत जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने काम गरेको हो ।”