१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बाढी पीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीले पठायो राहत राहत सामग्री नपाएको बाढीपीडितको गुनासो अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्यालामा ठगिन्छन् महिला कामदार



अ+ अ-

दार्चुला । मालिकार्जुन गाउँपालिका–६ उकुकी लीला तिरुवा दिनभर काम गरेर रु २५० मुस्किलले कमाउनुहुन्छ । उहाँले गाउँमा धान रोप्दा होस् या योजना निर्माणका काम जहाँ गरे पनि उक्त रकम पाउनुहुन्छ ।

रोपाइँ लगाउने बेला हलो जोत्ने पुरुषले रु ८०० पाउँदा त्यही खेतमा काम गर्ने महिलाले भने रु २५० पाउने गरेका हलिया बस्तीका महिलाले बताएका छन् । “महिलाले काम गर्दा पनि ज्याला थोरै पाउने गरेका छौँ”, स्थानीय सरिता टमटाले भन्नुभयो । भारी बोक्दा, घर निर्माण गर्दा पनि महिलाले थोरै ज्याला पाउने गरेका उहाँले गुनासो गर्नुभयो ।

सकेसम्म योजनाको काममा महिला सहभागी हुँदैनन् । काम नगरी नहुने अवस्थामा न्यून ज्यालामा काम गराउँछन् । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुँदा पनि आफूहरुले थोरै ज्याला पाएको महिलाहरुको गुनासो छ । “महिलाले गरेको कामको मूल्याङ्कन हुँदैन”, सरिताले भन्नुभयो, “विकास निर्माणका कामभन्दा पनि घरायसी काम गराउँदा हामीले पाउनुपर्ने ज्याला कम छ, पुरुष र महिला बराबर काम गर्छौँ, तर रकम दिँदा पुरुषबाटै पीडित हुनुपरेको छ ।”

महाकाली नगरपालिका–३ की बिस्ना लोहार हरेक बिहान नाम्लो र बोरा बोकेर बसपार्क पुग्नुहुन्छ । जिल्ला बाहिरबाट खलङ्गा आउने गाडीका यात्रुको भारी बोक्न कुर्नुहुन्छ । महिला दिनभरि भारी बोकेर घर खर्च जुटाउँछन् । सदरमुकाम र सीमावर्ती धारचुला बजारमा बिहानै काँधमा डोरी बोकेर भारी खोज्न उनीहरूका बीचमा तँछाडमछाड नै चल्छ ।

परिवारको आर्थिक दायित्व पूरा गर्ने अरू कुनै विकल्प नभएपछि विगत नौ वर्षदेखि भरियाको काम गरेर गुजारा गर्ने गरेको उहाँले बताउनुभयो । उनीहरुले दिनभर काम गर्दा पनि पुरुषसरह ज्याला नपाउने उहाँले सुनाउनुभयो । धारचुलाबाट दार्चुला बसपार्कसम्म पुरुषले भारी बोक्दा सजिलै रु २०० पाउँदा महिलाले रु १०० माग्दा पनि पाउँदैनन् ।

दुहु गाउँपालिका–४ की जैमती कुँवर श्रमअनुसारको ज्याला नपाएकामा दुखेसो गर्नुहुन्छ । “काम अनुसारको ज्याला नै पाइँदैन”, उहाँले भन्नुभयो, “ग्रामीण भेगमा उत्पादन भएको अन्नले वर्षभरि खान नपुग्ने र खानाबाहेकका सामान जोहो गर्न ज्यालादारीमै काम गर्नुपर्ने बाध्यता छ ।” हलिया मुक्ति समाजका जिल्ला अध्यक्ष दानीराम तिरुवा विगतदेखि नै महिलाले कामको कम मूल्य पाउने गरेका बताउनुहुन्छ ।

“हलिया मुक्ति भयो, खलोमा काम गर्ने चलन हट्यो”, उहाँले भन्नुभयो, “तर तिनै मालिकको अहिले दैनिक ज्यालादारीमा काम गर्दा महिलाले थोरै रकम पाउँछन् ।” पुरुषले बिहान १०ः०० बजेदेखि बेलुकीसम्म काम गरे दिनको रु ८०० पाउने गर्छन् । तर महिला बोल्न नसक्दा समस्या भएको उहाँले बताउनुभयो । जिल्ला दररेट निर्धारण समितिले भने आठ घण्टा काम गरेवापत दक्ष कामदारको रु ९५० र अदक्ष कामदारको रु ७०० निर्धारण गरेको छ ।