१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

जुम्ली स्याउले मूल्य नपाएको गुनासो

जुम्ली स्याउले मूल्य नपाएको गुनासो
अ अ+ अ-

जुम्ला । “यो वर्ष पनि स्याउले राम्रो मूल्य पाएन, कति त कुहिएरै सकिए, वर्षभरि दुःख गरी उत्पादन गरेको स्याउ बजार मूल्य नपाउँदा निकै सास्ती भोग्नुपरेको छ”, पातारासी गाउँपालिकाका किसान रमा भण्डारीको गुनासो हो यो । स्याउले मूल्य नपाउँदा करोडौँको लगानी बालुवामा पानी भएको उहाँको दुखेसो छ ।

“सरोकारवालाले किसानका समस्या कहिले बुझ्ने, स्याउ सुपरजोनको काम के हो ?”, उहाँले भन्नुभयो । विचौलियाका कारण वास्तविक किसान ठगिएका उहाँको भनाइ छ । यस्तै तातोपानी गाउँपालिका–७ का स्याउ कृषक मुनबहादुर कुँवरले बजारीकरणको अभावमा स्याउका लागि प्रसिद्ध जुम्लाकै कृषक स्याउ खेतीमा हतोत्साहित भएका र किसानले बोटबाट स्याउ टिपेर बिक्रीका लागि भौँतारिनुपरेको बताउनुभयो ।

“अहिले बजारमा स्याउको माग छ, तर कृषक रित्ता छन्, बनेका सोलार स्टोर प्रयोगविहीन छन्”, उहाँले भन्नुभयो, “बनेका भौतिक संरचना प्रयोगमा ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु ।” स्याउ सुपरजोन जुम्लाले आयोजना गरेको बजार प्रवद्र्धन तथा अन्तक्र्रिया गोष्ठीमा सहभागी अधिकांश किसानले स्याउले बजार मूल्य नपाएको गुनासो गर्नुभयो ।

यस वर्ष प्रतिकिलो स्याउको रु ३५ देखि ५० मूल्य पाउन पनि मुस्किल परेको कृषकको भनाइ छ । जुम्लाको स्याउको नाममा बाहिर जिल्लाको स्याउले मूल्य पाएको र सरोकारवाला निकायले आवश्यक पहल नगरेका कारण जुम्लाको स्याउले मूल्य नपाएको उनीहरुको गुनासो छ । बजारमा रहेका बिचौलिया नरोकेसम्म जुम्लाको स्याउले मूल्य नपाउने र स्याउको गरिमा नै घट्ने वरिष्ठ स्याउ कृषक शङ्खुबहादुर खत्री बताउनुहुन्छ ।

सोलार स्टोरको प्रयोग गर्न सके बाह्रै महिना स्याउको गुणस्तरदेखि मूल्यमा गिरावट नआउने उहाँले बताउनुभयो । स्याउ सुपरजोनका अनुसार नेपालमा हरेक वर्ष एक लाख मेट्रिक टनको हाराहारीमा स्याउ खपत हुन्छ । सोमध्ये ४३ हजार मेट्रिक टन नेपालमै उत्पादन हुन्छ भने ६७ हजार मेट्रिक टन बाहिरबाट आयात हुन्छ । देशभर जुम्लामा उत्पादित स्याउको माग अत्यधिक भए पनि मागअनुसारको खपत हुनसकेको छैन ।

हिमा गाउँपालिकाका किसान गोपाल रोकायाले विशेषगरी स्याउ उत्पादनभन्दा गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । स्याउ सुपरजोनले कार्य क्षेत्र बढाउनुपर्ने उनको भनाइ छ । सिञ्जा क्षेत्रमा सुपरजोनको कार्यक्षेत्र नै छैन । जिल्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको कार्यालय प्रमुख नवराज भण्डारीले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ खेतीका लागि सुपरजोन कार्यक्रमले यस्तो लक्ष्य राखेको उहाँको भनाइ छ ।

जुम्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँस्तरमा रहेका समूह, सहकारी, कृषक र सम्बन्धित पक्षसँग स्याउ सुपरजोनले परार्मश गर्दै आएको छ । भण्डारीले कृषकलाई गुणस्तरीय स्याउ उत्पादन र बजारीकरणमा सुपरजोनले सहयोग गर्दै आएको जानकारी दिनुभयो । जुम्लालाई स्याउ ब्लक क्षेत्रका रूपमा विकास गर्नुपर्ने सुझाव आएकाले निकट भविष्यमै कार्यक्रम लागू हुने उहाँले बताउनुभयो । उहाँले हरेक स्थानीय तहले एक नमूना बगैँचा बनाउन सुझावसमेत दिनुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख कर्मा बुढाले किसान र स्याउ व्यापारीबीचको आपसी समन्वयका आधारमा आगामी दिनमा कार्यक्रमलाई अझै गुणस्तरीय बनाउन सुपरजोनलाई सुझाव दिनुभयो । किसानको सक्रियता र सरोकारवालाको तदारुकता तथा ऐक्यबद्धता मात्रै भए स्याउले भरिपूर्ण जुम्ला हुनसक्ने उहाँको बुझाइ छ ।