१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

गोरखाको निर्वाचन तयारीबारे अर्थमन्त्रीद्वारा अनुगमन

गोरखाको निर्वाचन तयारीबारे अर्थमन्त्रीद्वारा अनुगमन
अ अ+ अ-

गोरखा। गोरखाको निर्वाचन तयारीको पछिल्लो अवस्थाबारे अर्थमन्त्री रामेश्वर खनाल र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले अनुगमन भ्रमण गर्नुभएको छ ।

आज दिउँसो छुट्टाछुट्टै गोरखा आइपुग्नुभएका उहाँहरूले जिल्लाको निर्वाचनको तयारी, सुरक्षा प्रबन्धका बारेमा अध्ययन, अनुगमन, भ्रमण तथा छलफल गर्नुभएको हो ।

अर्थमन्त्री खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा पुगी वस्तुगत अध्ययन तथा छलफल गर्नुभएको छ । सो क्रममा ती दुवै कार्यालयले निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका अनुसारका सबै चरणहरू पूरा भइसकेको जानकारी गराएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिनुभयो । “उहाँले निर्वाचन सभ्य, भव्य, निष्पक्ष, भयरहित ढङ्गले सबैको सरसहयोगको खाँचो रहेकाले सर्वपक्षीय, सर्वदलीय बैठक, छलफल, समन्वय र सहकार्यलाई जारी राख्न निर्देशन दिनुभयो”, कोइरालाले भन्नुभयो ।

अर्थमन्त्री खनाल मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयको अनुगमन भ्रमण गरेर जिल्ला प्रशासन कार्यालयमा आउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हालसम्म भए गरेका प्रगतिका विवरण सबै सुनायौँ । उहाँले सोचेभन्दा धेरै प्रगति भएको रहेछ भन्ने प्रतिक्रिया दिएर जानुभयो ।” गोरखाको भ्रमण सकेर अर्थमन्त्री खनाल तनहुँ, लमजुङ हुँदै म्याग्दीसम्म जाने कार्यक्रम रहेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।

त्यस्तै नायब महानिरीक्षक जिसीले जिल्ला प्रहरी कार्यालय गोरखा, इलाका प्रहरी कार्यालय आरुघाट र इप्रका ठाँटीपोखरीको अनुगमन गर्नुभएको छ । सो अवसरमा उहाँले निर्वाचन सुरक्षा चुनौती तथा सुरक्षाकर्मी परिचालन प्रबन्धको अवस्थाबारे सोधपुछ गर्नुभएको थियो ।

साथै जटिल भौगोलिक अवस्थितिमा अपनाउन सकिने सुरक्षा वस्तुस्थितिबारे पनि सोधपुछ गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालयले सो विषयमा जानकारी गराएपछि नायब महानिरीक्षक जिसीले सुरक्षा व्यवस्थाप्रति सन्तोषजनक रहेको टिप्पणी गर्दै आगामी फागुन २१ गते हुने चुनाव स्वच्छ, निष्पक्ष, भयरहित बनाउन उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जिल्ला प्रहरी प्रमुख एसपी भरत विकले जानकारी दिनुभयो । रासस