१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति
अ अ+ अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको धारणा व्यक्त गर्नुभएको छ ।

जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा आज यहाँ आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । “आगामी दिनमा यहाँबाट आर्जन गरेको ज्ञान, सीप, पुँजी र प्रविधि स्वदेशमा प्रयोग गरी समुन्नत नेपालको सपना साकार पार्न थप योगदान दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले जापानमा विभिन्न पेसा र क्रियाकलापमा आबद्ध नेपाली समुदायको हित, चासो र सरोकारलाई सम्बोधन गर्न र आइपरेका समस्याको समाधान गर्न नेपाल सरकार प्रतिबद्ध छ भन्नुभयो । उहाँले नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अङ्गीकार गरेसँगै मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्कक्षा पूरा गर्ने मार्गमा उच्च गतिका साथ अघि बढाउन आवश्यक छ भन्नुभयो । राष्ट्रपति पौडेलले राज्य सञ्चालनमा पारदर्शिता जवाफदेहिता, सहभागिता एवं विधिको शासनलाई केन्द्र भागमा राखेर जनमानसमा प्रभावकारी सेवा प्रवाहको प्रत्याभूति हुनुपर्नेमा जोड दिनुभयो ।

“नेपालमा भएको युवापुस्ताको आन्दोलनबाट सुशासनको माग अझै मुखरित भएको छ, यसैअनुरूप जनताको सर्वोपरि हित रक्षा गर्दै सुशासनमार्फत देशको समृद्धिका लागि आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुन गइरहेको छ, यो निर्वाचन पछि मुलुकमा स्थायित्व र विकासको थप नयाँ सम्भावनाहरू खुल्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

त्यसैले आसन्न निर्वाचन सफल बनाउन विदेशमा रहेका नेपालीले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव एउटा ऐतिहासिक क्षण भएको बताउँदै उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेकाले औद्योगिक विकास, कृषि, जलविद्युत्, पूर्वाधारलगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट हामी थप लाभान्वित हुन चाहन्छौँ भन्नुभयो । उहाँले मानव संशाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति आदि क्षेत्रमा जापानी सहयोग उल्लेखनीय रहेको स्मरण गर्नुभयो ।

“द्विपक्षीय व्यापार विस्तारका साथै नेपालको प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना छ, हामीले नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेका छौँ, हामी उहाँहरूलाई सुरक्षित व्यावसायिक वातावरण प्रदान गर्न कटिबद्ध छौँ, यहाँका लगानीकर्ताहरू माझ यो सन्देश पुर्‍याउन म तपाईंहरूलाई आग्रह गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

नेपाल र जापानबीच गौतमबुद्धको शिक्षाबाट प्रेरित गहिरो सामाजिक–सांस्कृतिक सम्बन्ध रहिआएको र बुद्धको जन्मस्थल लुम्बिनीले नेपालप्रतिको आकर्षणलाई बढाएको उहाँको भनाइ थियो । “सांस्कृतिक, धार्मिक र पर्यटकीय उद्देश्यले नेपाल भ्रमणका लागि जापानी पर्यटकको सङ्ख्यामा अझ वृद्धि गराउन अनौपचारिक राजदूतको रूपमा तपाईंहरूको महत्त्वपूर्ण भूमिका रहने छ भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

जापानमा नेपाली समुदायको उपस्थिति हुनु द्विपक्षीय सम्बन्धको उल्लेखनीय पक्ष रहेको र नेपाली समुदायले आफ्नो पौरख, इमान र एकताको माध्यमबाट जापानको समुन्नतिमा महत्त्वपूर्ण योगदान गर्दै नेपालको छविलाई सदैव उचाइमा पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले यस प्रकारका भ्रमणले नेपाल र जापानबीच विद्यमान सम्बन्ध एवं सहयोगलाई अझ परिणाममुखी तथा बहुआयामिक बनाउन महत्त्वपूर्ण योगदान पुग्नेछ भन्नुभयो । रासस