२० भाद्र २०८३, शनिबार
,
Latest
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसको आर्थिक वृद्धिदर २०२६ मा १–१.३ प्रतिशत रहने अनुमान



अ+ अ-

मस्को। रूसको उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले मंगलबार जानकारी दिए अनुसार, देशको कुल घरेलु उत्पादन २०२६ मा १ देखि १.३ प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ।

उहाँका अनुसार २०२६ मा मुद्रास्फीति लक्षित स्तर ४ देखि ४.५ प्रतिशतमा आउन सक्ने अनुमान गरिएको छ।

नोभाकले संघीय परिषद् आर्थिक नीतिसमिति बैठकमा देशको आर्थिक वृद्धिदर २०२५ मा केवल १ प्रतिशतमा सीमित भएको बताउनुभएको थियो, जसको मुख्य कारण कडा मौद्रिक तथा वित्तीय नीति र मुद्रास्फीति नियन्त्रण प्रणाली रहेको थियो।

उहाँले भन्नुभयो,” निर्माण उद्योगको वृद्धिदर गत वर्ष २.८ प्रतिशत पुगेको थियो।२०२५ मा वास्तविक तलब औसतमा बढेको छ। प्रारम्भिक अनुमान अनुसार मुद्रास्फीतिको प्रभाव हटाइएपछि वास्तविक तलबमा ४.५ प्रतिशत वृद्धि भएको देखिएको छ।”  (रासस/सिन्ह्वा)