१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अ अ+ अ-

सिरहा। प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु ३८ लाख ७७ हजार ७२४ सरकारी खातामा जम्मा नगरी आपसी मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अस्पतालको ओपिडीलगायत विभिन्न काउन्टरबाट सङ्कलन भएको राजस्व रकम सरकारी ढुकुटीमा दाखिला नगरी कर्मचारीहरूले व्यक्तिगत प्रयोगमा ल्याएको अनुसन्धानबाट पुष्टि भएपछि आयोगले दुई पूर्वअस्पताल प्रमुखसहित १० जनाविरुद्ध मुद्दा चलाएको हो ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालका आठ वटा बिल काउन्टरबाट कूल रु तीन करोड ८७ लाख ६६ हजार ९७४ सङ्कलन भएको सफ्टवेयरमा देखिएको थियो तर, अस्पतालको आधिकारिक अभिलेखमा भने रु तीन करोड ४८ लाख ८९ हजार २५० मात्र दाखिला भएको पाइयो । सफ्टवेयरमा देखिएको र बैंकमा जम्मा गरिएको रकमबीचको रु ३८ लाख ७७ हजार ७२४ कर्मचारीहरूले बदनियतपूर्वक हिनामिना गरेको आयोगले जनाएको छ ।

अस्पतालका तत्कालीन प्रमुखहरू डा नागेन्द्रप्रसाद यादव र डा सरोज यादवले सफ्टवेयरमार्फत दैनिक आम्दानीको विवरण हेर्न सक्ने अधिकार भए पनि रकम कम जम्मा भएको जानकारी हुँदाहुँदै मौन बसेर अन्य कर्मचारीलाई भ्रष्टाचारमा सघाएको अख्तियारको दाबी छ ।

यस प्रकरणमा आयोगले अस्पतालका तत्कालीन प्रमुखद्वय डा नागेन्द्र र डा सरोज, तत्कालीन प्रशासन प्रमुख अशोककुमार सिंह र तत्कालीन लेखा प्रमुख अशोककुमार यादवलाई जनही रु ३८ लाख ७७ हजार ७२४ बिगो कायम गरी विपक्षी बनाएको छ ।

त्यस्तै, बिल काउन्टरमा कार्यरत अहेब श्यामकुमार मण्डललाई रु २५ लाख ४७ हजार ४१७, सहायक कर्मचारीहरू सरस्वतीकुमारी यादवलाई रु पाँच लाख दुई हजार ८१३, अजयकुमार मण्डललाई रु तीन लाख ७९ हजार २१, पूजाकुमारी यादवलाई रु दुई लाख ८८ हजार २२९ र रोशनकुमार यादवलाई रु एक लाख ६४ हजार ६५९ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यस भ्रष्टाचार प्रकरणमा संलग्न तत्कालीन लेखा प्रमुख रत्नप्रसाद मण्डलको मृत्यु भइसकेको भए पनि सरकारी बिगो असुल गर्ने प्रयोजनका लागि उनकी श्रीमती मुस्कानकुमारी मण्डललाई प्रतिवादी बनाइएको छ । मृतक मण्डलको हकमा फौजदारी कसुरको कैद सजाय मागदाबी लिन नमिल्ने भए तापनि भ्रष्टाचार निवारण ऐन र मुलुकी फौजदारी कार्यविधि संहिताको व्यवस्थाअनुसार हानिनोक्सानी भएको रु ३८ लाख ७७ हजार ७२४ उनको हक खाने श्रीमतीबाट असुल गर्न माग गरिएको छ ।