१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

प्राकृतिक ग्याँस पाइपलाइनका कारण मेक्सिकोमा वातावरणीय जोखिम

प्राकृतिक ग्याँस पाइपलाइनका कारण मेक्सिकोमा वातावरणीय जोखिम
अ अ+ अ-

लस एरेसिफेस। मेक्सिकोले अमेरिकाबाट प्राकृतिक ग्याँस आयात गर्न सुरु गरेको ‘साउथइस्ट गेटवे पाइपलाइन’ परियोजनाले स्थानीय समुदाय र वातावरणविद्हरूको तीव्र विरोध सामना गरिरहेको छ।

क्यानाडाली कम्पनी र मेक्सिकोको सरकारी कम्पनीको साझेदारीमा निर्माण गरिएको यो पाइपलाइनले टेक्सासदेखि टाबास्को राज्यसम्म ग्याँस आपूर्ति गर्दछ। भविष्यमा यसलाई युकाटन प्रायद्वीपसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ।वेराक्रुज क्षेत्रका धेरै मत्स्यजनजीवी र आदिवासी समुदायका सदस्यहरूले परियोजना निर्माणअघि आफूहरूसँग कुनै परामर्श नगरिएको भन्दै आपत्ति जनाएका छन्।

उहाँहरूका अनुसार पाइपलाइनका कारण कछुवाजस्ता संवेदनशील समुद्री प्रजातिको अस्तित्वमा खतरा पर्न सक्छ। वातावरणीय समूहहरूले पनि पाइपलाइनको मर्मत तथा सम्भावित ग्याँस चुहावटले समुद्री जैविक प्रणालीमा गम्भीर नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन्।

मेक्सिकोमा हाल करिब ६० प्रतिशत विद्युत् उत्पादन ग्याँस–आधारित ऊर्जा केन्द्रबाट हुन्छ, जसका लागि आवश्यक करिब ७० प्रतिशत प्राकृतिक ग्याँस अमेरिका बाट आयात गरिन्छ। सरकारले यस परियोजनालाई आर्थिक विकास र ऊर्जा आपूर्तिको अवसरका रूपमा हेरेको छ। तर आलोचकहरूले अत्यधिक आयातमा निर्भरता बढ्दा देशको ऊर्जा स्वतन्त्रता संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।
त्यसैगरी, प्राकृतिक ग्याँसमा अत्यधिक निर्भरता र तरलिकरण संयन्त्रको विस्तारले देशको वातावरण संरक्षण र हावा गुणस्तर सुधारसम्बन्धी लक्ष्यहरूलाई समेत जोखिममा पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

स्थानीय समुदाय र वातावरण संरक्षणकर्मीहरूले आफ्ना अधिकार तथा प्राकृतिक स्रोतको संरक्षण सुनिश्चित गर्न सरकारसँग खुला संवादको माग गरेका छन्। यस अवस्थाले मेक्सिकोलाई आर्थिक विकास, ऊर्जा सुरक्षा र वातावरणीय संरक्षणबीच सन्तुलन कायम गर्ने गम्भीर चुनौतीतर्फ धकेलेको छ। (रासस/एपी)