१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात

मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात
अ अ+ अ-

मुस्ताङ। मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्रमा भारी फेरि हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात भएको हो ।

मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक अर्जुन काफ्लेले जानकारी दिनुभयो । मुक्तिनाथ आसपासका क्षेत्रमा मध्यम हिमपात भइरहेको सहव्यवस्थापक काफ्लेको भनाइ छ ।

यसअघि जारी सिजनको पहिलो हिमपात कात्तिक १० गते सुरु भएको थियो । योसँगै जारी सिजनमा चौथो पटक हिमपात भएको समितिका सहव्यवस्थापक काफ्ले उल्लेख गर्नुभयो । यसअघि गएको मङ्गलबार राति मुस्ताङको मुक्तिक्षेत्र र कागबेनीदेखि माथिल्लो क्षेत्रमा भारी हिमपात भएको थियो । गएको मङ्गलबार राति मुस्ताङको उच्चलेकमा पनि आंशिक हिमपात भएको थियो ।

यहाँको मुक्तिनाथ क्षेत्रमा हिमपात भएसँगै त्यस आसपासका डाँडाकाँढा र रानीपौवा बजार पूरै हिमपातले सेताम्मे भइसकेको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिनुभयो । केही घण्टा अगाडिदेखि निरन्तर हिउँ परिरहेको र रातभरि परेमा मुक्तिनाथ क्षेत्रका सबै बस्ती हिउँले ढाकिने पर्यटन व्यवसायी सुरज गुरुङको भनाइ छ ।

मुक्तिनाथमा चौथौँ पटक हिमपात भएसँगै मुक्तिनाथ मन्दिर हिउँले ढाँकिएको छ । मन्दिर परिसर, कुण्ड, १०८ धारा र अन्यस्थानमा हिउँ थुप्रिन थालेको छ । मुक्तिनाथमा रातभर हिउँ परेमा दुई फिट बढी हिउँ पर्ने अनुमान छ । मुक्तिनाथमा हिउँ पर्न थालेपछि मुक्तिनाथ पुगेका दर्शनार्थीहरू हिउँले समस्या पार्ने देखिएपछि हतारहतार जोमसोम झर्न थालेका छन् ।

यसैगरी मुस्ताङको कागबेनीदेखि तलको घरपझोङ र थासाङ गाउँपालिकामा पनि उच्च लेकसहित वस्तीमै आंशिक हिउँ परिरहेको शितोष्ण बागवानी विकास केन्द्रका कर्मचारी अशोक लिम्बूले जानकारी दिनुभयो । कर्मचारी लिम्बूले विगत तीन वर्षदेखि तल्लो मुस्ताङमा बस्तीमा हिमपात नभएको उल्लेख गर्दे यसपटक बस्तीमै बाक्लो हिउँ पर्ने छनक देखिएको बताउनुभयो ।

यसैगरी माथिल्लो मुस्ताङमा उच्च लेकमा आशिक हिमपात भइरहे पनि बस्तीमा हिउँ नपरेको एक्याप लोमान्थाङका कर्मचारी सलिना नेपालीले बताउनुभयो । उच्च लेकमा छिटफूट हिउँ परे पनि बस्तीमा बजोडको हावाहुरी चलिरहेको बताउनुभयो ।

यसअघि गएको मङ्गलबार राति भारी हिमपात हुँदा कागबेनी मुक्तिनाथ र कोरला सडक अवरुद्ध हुन पुगेको थियो । कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाको डोजरले मुक्तिनाथ र कोरला सडकको हिउँ पन्छ्याएर अवरुद्ध सडक सुचारु गरिएको भए पनि फेरि पुनः हिमपातले मुक्तिनाथ र कोरला सडक अवरुद्ध हुनसक्ने देखिएको छ । रासस