१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती
अ अ+ अ-

गण्डकी। पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको छैन ।

सडकछेउ र चोकमा फोहर थुप्रिएको छ । फोहर व्यवस्थापन नहुँदा सहर कुरूप मात्र बनेको छैन मानव स्वास्थ्यमा असर  पर्ने जोखिम बढेको छ ।

फोहर नउठ्दा पोखरा महानगरपालिकाप्रति सर्वसाधारण असन्तुष्ट बनेका छन् । पोखरामा फोहर व्यवस्थापनको समस्या पुरानै हो । महानगरले फोहर व्यवस्थापनका लागि दीर्घकालीन उपाय निकाल्न अझै सकेको छैन ।

पोखरा–३२ लामेआहालमा रहेको अस्थायी फोहर व्यवस्थापन केन्द्र भरिएपछि समयमा फोहर उठ्न नसकेको हो । महानगरका इन्जिनियर एवं ‘रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’का सहजकर्ता नेत्र तिमिल्सिनाले फोहर व्यवस्थापनका लागि वैकल्पिक ठाउँको खोजी भइरहेको बताउनुभयो ।

“जेनजी आन्दोलनका क्रममा भारी मात्रामा फोहर निक्लेपछि लोमआहालको ल्याण्डफिल साइट नै भरिएकाले फोहर व्यवस्थापनमा समस्या निम्तिएको हो”, उहाँले भन्नुभयो, “नयाँ ठाउँको खोजीमा हामी दिनरात लागिपरेका छौँ, आज पनि वडा नं २१ का केही ठाउँ हेरेर फर्केका छौँ ।” इन्जिनियर तिमिल्सिनाले महानगरले प्रयास गर्दागर्दै पनि स्थान अभावका कारण समयमा फोहर उठ्न नसकेको बताउनुभयो ।

महानगरवासीलाई समस्या बुझिदिन आग्रह गर्दै उहाँले केही दिनमै पोखराका सडक र चोकमा थुप्रिएको फोहर व्यवस्थापन गरिने बताउनुभयो । “घरमा जम्मा भएको फोहर केही दिन सडकमा ल्याएर नथुपार्न आग्रह गरेका छौँ, फोहर व्यवस्थापनमा हरेक नागरिकको पनि आफ्नै दायित्व हुन्छ”, उहाँले भन्नुभयो । स्थायी ल्याण्डफिल साइटका निर्माणका लागि जग्गा व्यवस्थापनका गर्न स्थानीयवासीको सहयोग र सहजीकरण जरुरी रहेको उहाँले बताउनुभयो ।

लामो सयमसम्म फोहर नउठ्दा सहरमा दुर्गन्ध फैलने देखिए पनि महानगरले केही दिनअघि सार्वजनिकस्थलमा खाडल खनेर फोहर पुरेको थियो । सडकमा मात्र नभएर घरघरमै फोहर थुप्रएिकाले तत्काल उचित व्यवस्थापन हुनुपर्ने स्थानीयवासीको माग छ ।

फोहर व्यवस्थानमा देखिएको चुनौतीलाई दीर्घकालीन रूपमा समाधान गर्न नसके यो समस्या पुनः दोहोरिरहने देखिन्छ । केही वर्षअघिसम्म पोखरा–१८ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल्ड साइट निर्माण गरी फोहर व्यवस्थापन हुँदै आएको थियो ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि उक्त ल्याण्डफिल साइट बन्द गरिएको थियो । त्यसपछि पोखरा–३२ लामेआहालमा अस्थायी ल्याण्डफिल साइट निर्माण गरी फोहर व्यवस्थापन गरिँदै आएको थियो ।

पोखरामा हाल १८० देखि २०० टनसम्म फोहर उत्पादन हुँदै आएको छ । फोहरलाई उद्यम र आर्थिक उपार्जनसँग जोड्न परियोजना सञ्चालन गरेको पोखरा महानगरपालिका लागि अनुत्पादक फोहरको व्यस्थापनमा भने चुनौती देखिएको हो ।

महानगरपालिकाले कोरिया अन्तरराष्ट्रिय सहयोग नियोगको आर्थिक सहयोग, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा ‘रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’ सञ्चालन गरेको छ ।

परियोजनामार्फत हाल अभ्यासमा रहेको प्रयोग गर्ने र फाल्ने ‘थ्रो अवे’ को सट्टा चक्रीय अर्थतन्त्र प्रणालीमा आधारित रिसाइक्लिङ/अपसाइक्लिङ उद्यमहरू स्थापना गरी हरित अर्थतन्त्रलाई प्रर्वद्धन गर्ने उद्देश्य लिइएको छ ।

ठोस फोहरमैलाबाट सिर्जना हुने प्रदूषण तथा नकारात्मक वातावरणीय प्रभावलाई न्यूनीकरणमा परियोजनाले टेवा पु¥याउने महानगरले जनाएको छ । रासस