१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

अनुशासित भएर राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह

अनुशासित भएर राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह
अ अ+ अ-

मध्यविन्दु । प्रधानमन्त्री सुशीला कार्कीले आनुशासित भएर समाज र राष्ट्रको सेवामा लाग्न युवालाई आग्रह गर्नु भएको छ ।

नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दल मध्यतालिम शिक्षालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हात्तिखोरमा सञ्चालित २०औँ ब्याच सिनियर डिभिजन एनसीसी तालिमको अन्तिम दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले उन्नत समाज निर्माणका लागि युवाको सहभागिता र नेतृत्वदायी भूमिका समाजमा थप प्रभावकारी हुने बताउनुभयो ।

“युवालाई विशेषरूपमा आग्रह र अनुरोध गर्न चाहन्छु की अनुशासनलाई जीवन शैली बनाउनु होस, कर्तव्य पालना र मर्यादालाई जीवन, पढाइ तथा दैनिक सेवामा निरन्तर अभ्यास गरिदिनुहोस, राष्ट्र प्रेमलाई कर्ममा उतार्नुहोस”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “व्यवहारमै इमान्दार, कर्तव्य निष्ठ र जिम्मेवार नागरिकको रूपमा आफूलाई प्रस्तुत गर्नुहोस । राष्ट्रिय एकता सामाजिक सद्भाव मजबुत बनाउनुहोस । विविध भाषा संस्कृति, जात जातिसहितको विविधतालाई सम्मान गर्दै म नेपाली हुँ भन्ने भावनालाई आत्मसात् गर्नुहोस ।”

राष्ट्रिय सेवा दलमार्फत हरेक वर्ष प्रशिक्षित हुने विद्यार्थीको सङख्या आगामी वर्षदेखि वृद्धि गर्न प्राथमिकता दिइने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले युवालाई कर्तव्य पालना र अनुशासन सिकाउन तालिम फलदायी भएको बताउनुभयो ।

“एनसीसीले सिकाएको अनुशासन, समय पालन, नेतृत्व क्षमता र राष्ट्रप्रतिको भावना जीवनभर साथ दिने शिक्षा हो”, प्रधानमन्त्री कार्कीले भन्नुभयो ।

चालु आर्थिक वर्ष २०८२÷८३ मा कुल सात हजार ७१० छात्र/छात्रा सहभागी भएका मध्य सिनियर डिभिजनमा एक हजार ८० र जुनियरतर्फ ६ हजार ६३० जना दीक्षित भएका राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी दिनेश चौलागाईँले बताउनुभयो । चार शिक्षालयमा ७७ जिल्लाका छात्र÷छात्रा सहभागी हुने एनसीसी तालिममा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा रहेको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा ५३० छात्र÷छात्रा दीक्षित भएका छन् ।

एनसीसी तालिमले युवामा राष्ट्र सेवा, विपद् व्यवस्थापन, सामाजिक नेतृत्व, टोलीमा काम गर्ने क्षमता तथा नागरिक सरोकारप्रतिको जिम्मेवारी विकास गर्ने उद्देश्य राखेको छ । मध्य तालिम शिक्षालयले प्रत्येक वर्ष विद्यालय तहका सयौँ विद्यार्थीलाई नियमित तालिम प्रदान गर्दै आएको छ ।