१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित
अ अ+ अ-

भोजपुर। सिँचाइ सुविधा विस्तार भएपछि यहाँको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् ।

पोखरी निर्माणपछि एकैसाथ २१ घरपरिवारलाई सिँचाइ सुविधा पुगेपछि यहाँका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् ।

स्थानीय किसान भरतबहादुर कार्कीले सिँचाइ सुविधा विस्तार भएसँगै करिब तीन रोपनीमा व्यावसायिक तरकारीखेती सुरु गरेको जानकारी दिनुभयो । बन्दाकोभी, काउली, मटरकोसा, लसुन, मूला, धनिया, आलु, तोरीलगायत विभिन्न नगदेबाली उत्पादन गर्दै आएको उहाँले बताउनुभयो ।

“टोलमा सिँचाइ सुविधा विस्तार भएपछि खेती गर्न सहज भएको छ”, किसान कार्कीले भन्नुभयो, “विगतमा पानीको अभावले समस्या थियो । अहिले पोखरी निर्माणपछि तरकारीखेतीमा सक्रिय भएका छौँ ।”

गाउँपालिकाले सञ्चालन गरेको प्राविधिक सेवा तथा विभिन्न अनुदान कार्यक्रमले व्यावसायिक तरकारीखेतीलाई थप प्रोत्साहन मिलेको कार्कीको भनाइ छ । सिँचाइ पोखरी निर्माण गरेर पानी वितरण गरिएपछि किसानले वर्षौँदेखि भोग्दै आएको सिँचाइ समस्या समाधान भएको छ । हाल टोलमा तीनवटा ठूला सिँचाइ पोखरीमार्फत पानी वितरण भइरहेको छ ।

पौवादुङमा –१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र राईका अनुसार प्रदेश सरकारबाट क्रमागत रूपमा प्राप्त रु ३० लाख बजेटबाट तीनवटा पोखरी निर्माण गरी सिँचाइ सुविधा विस्तार गरिएको हो । “यस क्षेत्रमा सिँचाइ अभावले किसानलाई समस्या थियो”, उहाँले भन्नुभयो, “तरकारीलगायत कृषि उत्पादनका लागि यो क्षेत्र उपयुक्त भएकाले अब किसानले सहज रूपमा खेती गर्न सक्ने अवस्था बनेको छ ।”

सिँचाइ सुविधा विस्तारसँगै स्थानीय किसान व्यावसायिक रूपमा नगदेबाली खेतीमा जोडिन थालेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । उहाँका अनुसार सिँचाइ विस्तारपछि किसानले कृषि कर्ममार्फत आयआर्जन गर्न सक्ने वातावरण बनेको छ । सडक सञ्जालको राम्रो पहुँच रहेकाले यहाँ उत्पादित तरकारी बिक्रीमा पनि सहजता भएको उहाँको भनाइ छ ।

गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकाभित्रका कृषियोग्य क्षेत्रमा सिँचाइ सुविधा विस्तारलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो । किसानलाई व्यावसायिक बन्न प्रोत्साहन गर्ने उद्देश्यले आवश्यक अनुदान तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।

अध्यक्ष राईका अनुसार कृषि उत्पादनबाट आत्मनिर्भर बनाउने लक्ष्यसहित ‘एक घर, एक टनेल’ कार्यक्रमसँगै सिँचाइ पोखरी निर्माणलाई अघि बढाइएको छ । गाउँपालिकामा भूगोल र माटो सुहाउँदो जैविकखेतीमा जोड दिदै उत्पादित कृषि उपजको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सेवासमेत सञ्चालनमा ल्याएको छ । रासस