१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक
अ अ+ अ-

गण्डकी।  सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पाँच हजार ५३ स्वदेशी एवं विदेशी पर्यटकको आगमन भएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष २०२६को सुरुवाती दिनदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवं वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा पर्यटक सूचना केन्द्र सञ्चालनमा ल्याइएकामा उक्त केन्द्रमा जनवरी १ देखि ३१ गतेसम्मको पर्यटक सङ्ख्या अभिलेखीकरण गरिएको हो ।

एक महिनामा भित्रिएका कूल पाँच हजार ५३ पर्यटकमध्ये आन्तरिक पर्यटकको सङ्ख्या पाँच हजार २७ रहेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुुभयो । उहाँका अनुुसार त्यसमध्ये महिला दुुई हजार २७६ जना छन् भने पुुरुष दुई हजार ७५१ जना छन् ।

यस अवधिमा सिक्लेस आउने विदेशी पर्यटक २६ जना रहेकामा पुरुष १६  जना र महिला १० जना रहेको उहाँले जानकारी दिनुुभयो । केन्द्रमार्फत पर्यटकको तथ्याङ्कसँगै यहाँ आउने पर्यटकलाई उक्त क्षेत्रको पर्यटकीय जानकारीका साथै यहाँस्थित होटेल तथा घरबासलगायत विषयमा जानकारी प्रदान गरिएको थियो ।

जङ्गलले घेरिएको बस्ती, ढुुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका सिक्लेस गाउँ प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासका कारण प्रसिद्ध छ । यो नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रूपमा समेत परिचित छ ।

पोखराको काहुँखोलादेखि ३७ किलोमिटर दूरी र समुद्री सतहबाट करिब एक हजार ९५० मिटरको उचाइमा अवस्थित सिक्लेसदेखि गुरुङ सम्पदा पदमार्गअन्तर्गत कफुचे, कोरी, क्होलासोँथर, दूधपोखरीलगायत गन्तव्यहरुमा पदयात्रा गर्न सकिन्छ ।रासस