१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

नेपालमा जलपन्छीको सङ्ख्या घट्दो

नेपालमा जलपन्छीको सङ्ख्या घट्दो
अ अ+ अ-

कञ्चनपुर। देशभर यस वर्ष गरिएको जलपन्छी गणना (एसियन वाटरबर्ड सेन्सस २०२६) मा जलपन्छीको प्रजाति र सङ्ख्या दुवैमा कमी आएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पन्छीविद् सङघको संयुक्त प्रयासमा सार्वजनिक गरिएको नतिजाअनुसार  देशभर ८९ प्रजातिका ९० हजार ६८८ जलपन्छी अभिलेखीकरण गरिएको छ । गत वर्ष सन् २०२५ को गणनामा ९४ प्रजातिका ९६ हजार ५६५ जलपन्छी भेटिएका थिए । गत वर्षको तुलनामा यस वर्ष प्रजातिमा पाँच र सङ्ख्यामा पाँच हजार ८७७ ले कमी आएको छ ।

विभागका वरिष्ठ पारिस्थितिकविद् एवं सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार सन् १९८७ देखि ‘वेटल्याण्ड्स इन्टरनेशनल’ को विश्वव्यापी समन्वयमा नेपालमा निरन्तर जलपन्छी गणना हुँदै आएको छ । यस वर्षको गणना गत जनवरी ३ देखि १८ (पुस १९ देखि माघ ५ गते) सम्म सञ्चालन गरिएको थियो । जसको नतिजा विश्व सिमसार दिवस (फेब्रुअरी २) को अवसरमा आज सार्वजनिक गरिएको हो ।

यस वर्षको गणनाका लागि देशभरका १८ प्रमुख सिमसार क्षेत्र र सोअन्तर्गतका ७८ वटा उप–क्षेत्रहरूमा ४११ स्वयंसेवक गणक, पंक्षीविद् र कर्मचारीहरू परिचालन गरिएका थिए ।

तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्ज र वरपर सबैभन्दा बढी २५ हजार ३५८ जलपन्छी फेला परेका छन्, यद्यपि यो सङ्ख्या गत वर्षको २७ हजार ५६४ भन्दा कम हो ।

दोस्रो स्थानमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने चराको सङ्ख्या बढेर २२ हजार ८१७ पुगेको छ । गत वर्ष निकुञ्जका ताल तलैया तथा सिमसार क्षेत्रमा २० हजार ४८६ जलपन्छी देखा परेका थिए ।  जगदीशपुर जलाशयमा यस वर्ष १० हजार २८२ चरा भेटिएका छन् । गत वर्ष १२ हजार ८३२ जलपन्छी देखा परेका थिए ।

कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्यामा भारी गिरावट आएको छ । गत वर्ष १० हजार १८५ चरा भेटिएको उक्त क्षेत्रमा यस वर्ष पाँच हजार ८९० मात्र अभिलेख गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको रारा तालमा यस वर्ष २५३ जलपन्छीको अभिलेख गरिएको छ । सोही तालमा गत वर्ष भने ५०२ जलपन्छी फेला परेका थिए ।

त्यसैगरी बाँके राष्ट्रिय निकुञ्जमा पनि चराको सङ्ख्या एक हजार ६७८ बाट घटेर ५३६ मा खुम्चिएको छ । बर्जुतालमा यस वर्ष चार हजार ५२ जलपन्छी देखा परेका छन् भने गत वर्षको गणनामा छ हजार २३८ जलपन्छी देखा परेका थिए ।

अर्कोतर्फ, धनुषाधाम र कमला नदी क्षेत्रमा यस वर्ष दुई हजार ५१, हेटौँडाका ताल तलैया र नदीमा २३७, लुम्बिनी क्षेत्रमा चार हजार २०९, राप्ती नदी (दाङ)मा एक हजार १९४,  घोडाघोडी ताल (कैलाली)मा एक हजार १५० नाखोडी ताल कैलालीमा ३१४ र पोखरा उपत्यकाका सिमसारहरूमा तीन हजार ७६४ चरा फेला परेका छन् ।

ती क्षेत्रमा विगतको वर्ष भन्दा चराको सङ्ख्यामा केही सुधार देखिएको नेपाल पन्छीविद् सङघका वरिष्ठ चरा तथा वन्यजन्तुविद् लक्ष्मण पौडयालले बताउनुभयो । यसैगरी उहाँका अनुसार पुरैनी र बन्धा ताल बेलौरी कञ्चनपुरमा यस वर्ष दुई हजार ३५२ जलपन्छी फेला परेका छन भने गत वर्षको गणनामा ती दुवै तालमा एक हजार ३४९ जलपन्छी फेला परेका थिए ।

काठमाडौँको मनहराफाँटमा ३७९ चरा भेटिएका छन् भने टौदह र बागमती क्षेत्रमा सङ्ख्या घटेर १६४ पुगेको छ । जगदीशपुर जलाशयमा यस वर्ष १० हजार २८२ जलपन्छी भेटिएका छन भने गत वर्ष १२ हजार ८३२ जलपन्छी देखा परेका थिए । टौदह र बागमती नदी काठमाडौँमा यस वर्ष १६४ जलपन्छी फेला परेका छन् । सो क्षेत्रमा गत वर्ष २०४ जलपन्छी अभिलेख गरिएका थिए ।

“सिमसारमा आश्रित चराहरूको अवस्था बुझ्न, संरक्षणका लागि जनचेतना जगाउन र नीति निर्माणमा सहयोग पु¥याउन यो गणना गरिएको हो”, वरिष्ठ चरा तथा वन्यजन्तुविद् पौडयालले भन्नुभयो ।  रासस