१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नख्खु पुगेर जेन–जी प्रतिनिधि सुदन गुरुङले भेटे रवि लामिछाने



अ+ अ-

काठमाडौं । जेन–जी प्रतिनिधि सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गर्नुभएको छ ।

बिहीवार गुरुङले नख्खु कारागार पुगेर सभापति लामिछानेसँग भेट गर्नुभएको हो । भेटमा सभापति लामिछानेले आफूमाथि अन्याय भएको कुरा सुनाएको उहाँले बताउनु भयो । आफूमाथि अनुसन्धान गर्न छुट्टै आयोग गठन गरेर भएपनि मुद्दाको छिटो छिनोफानो हुनुपर्ने कुरा सभापति लामिछानेले गुरुङसँग राख्नुभयो । गुरुङले मुलुकको लागि केही गर्ने भनेर आउनुभएका लामिछानेमाथि राज्यले गरेको व्यवहारले आफू समेत दुःखित भएको बताउनु भयो ।

उहाँले मुलुकको विकास गर्न भन्दै अगाडि बढ्ने मान्छेको चरित्र हत्या गर्ने र खुट्टा तान्ने प्रवृत्ति बढेको भन्दै त्यसको उदाहरण लामिछाने भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँले बरु अर्को आयोग बनाएर भएपनि मलाई छानविन गरियोस् । ममाथि अझै छानविन गरियोस् यसमा मलाई कुनै तनाव छैन । तर यतिधेरै मुद्दा म दुई सय वर्ष लाएर पनि भ्याउदिन भन्ने कुरा उहाँले गर्नुभयो । उहाँमाथि जे गरिएको छ त्यसप्रति हामी पनि दुःखी छौं । राम्रो काम गर्छु भनेर आउनुभएको मान्छे हो । हामी पनि केही राम्रो गर्छौं भनेर अगाडि बढेका हौँ तर चरित्र हत्यादेखि लिएर अनेक गरिरहनुभएको छ । देशको लागि राम्रो गर्छु भनेर आउने मान्छेलाई कसरी खेलाउँदा रहेछन् भन्ने उदाहरण उहाँ बन्नुभएको छ । यो केही मान्छे र संगठनहरुको पहिल्यैदेखिको रणनीति हो ।’

उहाँले भेटमा आफूले वैकल्पिक शक्तिहरु मिलेर जानुपर्ने प्रश्ताव राखेकोमा लामिछाने सकारात्मक रहेको पनि बताउनु भयो । उहाँले आफू वैकल्पिक शक्तिहरुको एकताको प्रयासमा रहेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल