१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

हिमाली क्षेत्रको समस्या समाधान गर्न साझेदारीमा जोड दिँदै सञ्चार सङ्गोष्ठी

हिमाली क्षेत्रको समस्या समाधान गर्न साझेदारीमा जोड दिँदै सञ्चार सङ्गोष्ठी
अ अ+ अ-

काठमाडौँ।  हिमालय क्षेत्रमा सञ्चारको प्रभावकारी साझेदारीमा जोड दिँदै तेस्रो पराहिमालय सञ्चार तथा सामाजिक सङ्गोष्ठी सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पत्रकारिता विभाग र सिचुवानस्थित युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)को स्कुल अफ पब्लिक एडमिनिस्ट्रेसनको संयुक्त आयोजनामा यहाँ सम्पन्न उक्त सङ्गोष्ठीमा हिमालय आसपासका देशहरूका विज्ञ, शिक्षाकर्मी, शैक्षिक तथा सञ्चार संस्थाले प्रभावकारी सञ्चार तथा सामाजिक विकासका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

सङ्गोष्ठीमा आफ्नो विचार राख्ने वक्ताहरूले यस क्षेत्रको विकासमा विभाजन नभई साझेदारीमा जोड दिएका छन् । सम्मेलनमा युनिभर्सिटी अफ टेक्ससका प्राध्यापक अरविन्द सिङ्गलले हिमालय क्षेत्रका देशहरू साझा संस्कृतिले जोडिनाका साथै साझा समस्यासँग जुधिरहेकाले यी देशहरूका सञ्चारमाध्यमले साझा कथा बोल्नुपर्ने बताउनुभयो । सञ्चारमाध्यमका प्रस्तुतिहरू समस्या समाधानका आवाज बन्नुपर्ने उहाँको भनाइ छ ।

कुमाउ विश्वविद्यालयकी प्राध्यापक दीपिका पन्तले पहाडी क्षेत्रका महिला यस क्षेत्रका समावेशी आवाज भएका भन्दै ती महिलाको सङ्घर्ष र उनीहरूको जीवनशैली प्रभावकारी सञ्चारको उदाहरण बन्ने बताउनुभयो । उहाँले आधुनिकतासँगै भाषा, संस्कृति लोप हुँदै गर्दा पुरानो इतिहास पनि मेटिने सम्भावना रहेको स्पष्ट पार्नुभयो ।

सङ्गोष्ठीमा भूटानको सूचना तथा मिडिया विभागका संस्थापक दाबा पेन्जोरले हिमालय आसपासका देशहरूले आफ्नो संस्कृति जोगाउँदै आधुनिक प्रविधि अङ्गीकार गर्दै जानुपर्ने धारणा राख्नुभयो ।

युनिभर्सिटी अफ पञ्जाबकी प्राध्यापक अविधा अस्रफले हिमालय क्षेत्र जलवायु परिवर्तनको मारमा रहेको भन्दै साझा समस्या समाधानका लागि साझा प्रयासहरू आवश्यक पर्नेमा जोड दिनुभयो । हिमाली क्षेत्रका देशहरू सीमारेखाले विभाजित भए पनि प्राकृतिक प्रकोपलाई सीमारेखाले नछेक्ने बताउँदै उहाँले सञ्चारका ‘सिग्नल’हरू पनि रोकिन नहुने धारणा राख्नुभयो । हिमालय आसपासमा सञ्चारमाध्यमको साझेदारी आवश्यक रहेको उहाँको भनाइ छ ।

पान हिमालय कम्युनिकेसन रिसर्च सेन्टरका निर्देशक हान होङले हिमालय आसपासका देशहरूबीचको साझेदारीले यस क्षेत्रको सामूहिक विकास, शान्ति र स्थायित्वमा योगदान पु¥याउने उल्लेख गर्नुभयो ।

‘पेरिफेरियल डिजिटल कम्युनिकेसन एण्ड रिजनल पब्लिक गभर्नेन्स’ भन्ने मुख्य नाराका साथ दुई दिनसम्म सञ्चालित सङ्गोष्ठीमा विभिन्न नौ देशका १५० बढी विज्ञको सहभागिता थियो । सम्मेलनमा समानान्तर पाँच सत्रमा ६० कार्यपत्र प्रस्तुत भएका थिए ।

यसैबीच सङ्गोष्ठीको क्रममा त्रिवि र युइएसटिसीका जनप्रशासन विभागले संयुक्त रूपमा ‘रिसर्च सेन्टर फर डिजिटल एण्ड इन्टिलिजिन्ट पब्लिक गभर्नेन्स इन पान हिमालय रिजन’को स्थापना गरेका छन् ।