१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

पथरी शनिश्चरे गोल्डकपको उपाधि सलहेस सिराहालाई

पथरी शनिश्चरे गोल्डकपको उपाधि सलहेस सिराहालाई
अ अ+ अ-

मोरङ। ‘अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप २०८२’ को उपाधि सलहेस युवा क्लब सिरहाले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक पथरी–११ लाई १–२ गोल अन्तरले पराजित गर्दै सिरहाको सलहेस युवा क्लबले उपाधि चुमेको हो ।

खेलको अग्रता भने पथरी–११ ले लिएको छ । खेलको १९औँ मिनेटमा पथरी–११ का धिरेन क्षेत्रीले ‘पेनाल्टी’ मार्फत गोल गरेका थिए । सलहेसका विदेशी खेलाडी करिम ओमोलोजाले पथरी–११ का निरज परियारलाई ‘डी बक्स’ भित्र ‘फल’ गरेपछि पाएको पेनाल्टीमा क्षेत्रीले गोल गर्दै अग्रता लिएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको पथरी–११ ले दोस्रो हाफमा सम्हालिन नसक्दा हार बेहोर्नु परेको हो । दोस्रो हाफको ५८औँ मिनेटमा सिरहाका लागि जय गुरुङले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । दोस्रो हाफमा पथरी–११ माथि हाबी बनेको सलहेसका समीर तामाङले दोस्रो गोल गरे । खेलको ६९औँ मिनेटमा समीर तामाङले गरेको गोल नै उपाधि चुम्न सफल भयो । सिरहाले यो ‘सिजन’का चार उपाधि जितेको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पथरी–११ का युकेस तामाङ घोषित हुँदै रु २५ हजार प्राप्त गरे । त्यस्तै खेलको ‘म्यान अफ दी म्याच’ सलहेसका जय गुरुङ घोषित हुँदै रु पाँच हजार प्राप्त गरे ।

अन्य विधागततर्फ सलहेसका रेवट चौधरी उत्कृष्ट गोल रक्षक, रिजड वइसन सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षक राजीव यादव घोषित हुँदै रु १०/१० हजार प्राप्त गरे । त्यस्तै पथरी–११ का गोलरक्षक समीर क्षेत्री उदीयमान खेलाडी घोषित हुँदा सञ्जय लिम्बू उत्कृष्ट ‘मिडफिल्डर, धिरेन क्षेत्री उत्कृष्ट ‘डिफेन्स’ घोषित हुँदै रु १०/१० हजार प्राप्त गरे ।

प्रतियोगिताको विजेता सलहेस युवा क्लब सिरहाले रु पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छभने उपविजेताले पथरी–११ ले रु दुई लाख ५० हजार प्राप्त गर्‍यो ।

विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापोले, एन्फा केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकीलगायतको उपस्थितिमा पुरस्कार प्रदान गरियो ।