१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

पुसमा नियमित महाधिवेशन हुनुपर्नेमा कांग्रेस गोरखाको जोड

पुसमा नियमित महाधिवेशन हुनुपर्नेमा कांग्रेस गोरखाको जोड
अ अ+ अ-

गोरखा। नेपाली कांग्रेस जिल्ला समिति, गोरखाले आगामी पुसमा नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ । जिल्ला समितिले महामन्त्री गगन थापाले प्रस्तुत गर्नुभएको कार्यतालिकाअनुसार पार्टीको केन्द्रीय महाधिवेशन गर्नुपर्नेमा जोड दिएको हो ।

आज यहाँ सम्पन्न बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति नन्दप्रसाद न्यौपानले विधानअनुसार महाधिवेशन हुन नसके ५४ प्रतिशत प्रतिनिधिले माग गरेबमोजिम विशेष महाधिवेशन हुनुपर्ने निर्णय जिल्ला समितिले गरेको जानकारी दिनुभयो ।

“महामन्त्रीले माग गरेबमोजिम महाधिवेशन हुँदैन भने ५४ प्रतिशत प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन हुनुपर्छ भन्ने निर्णय जिल्ला समितिले गरेको छ”, उहाँले भन्नुभयो, “हामीले सोही अनुसार केन्द्रीय समितिलाई अनुरोध गर्नेछौँ ।”

कांग्रेसको विधानले जिल्ला समितिसहित सबै तहको कार्यकाल चार वर्षका लागि तोेकेकाले आगामी मङ्सिरमा सबै तहको कार्यकाल सकिने भएकाले पुसमा नियमित अधिवेशन हुनुपर्ने निर्णय बैठकले गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार कांग्रेस गोरखाका ५१ महाधिवेशन प्रतिनिधिमध्ये ४२ जनाले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसमेत गरेका छन् ।

बैठकले विषम परिस्थितिमा देशले निकास खोजिरहेका बेला जिल्लाभित्रका ११ वटै पालिकामा पार्टीले भेला गरेर नागरिकहरूसँग छलफल र आवश्यक संवाद गर्ने निर्णयसमेत गरेको सभापति न्यौपानेले बताउनुभयो । वर्तमान अवस्थामा देशलाई निकास दिनका लागि पनि तत्काल पार्टीको महाधिवशेन जरुरी रहेको उहाँको भनाइ छ ।

किसानले भित्र्याउने तयारी गरेका धानबालीमा वर्षाले ठूलो क्षति पु¥याएकाले स्थानीय प्रदेश र सङ्घीय सरकारलगायत सरोकार भएका निकायसँग पीडित किसानलाई विशेष राहतको व्यवस्था गर्न ध्यानाकर्षण गराउने आजको बैठकले निर्णय गरेको सभापति न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीको भ्रातृ सङ्गठनलाई थप चलायमान बनाउन तथा विकास निर्माणका योजनालाई समयमा सम्पन्न गर्नेगरी दबाब दिने निर्णय बैठकले गरेको छ । जिल्ला सभापति न्यौपानले वर्तमान सरकार संविधानअनुसार बन्यो वा बनेनभन्दा पनि यो जेनजीको माग र आन्दोलनको मर्मबाट बनेको सरकार भएकाले स्वीकार गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

“यो सरकार आन्दोलनबाट बनेकाले हामीले स्वीकार गर्नुपर्छ । यो युवा पुस्ताको सङ्घर्ष र मागपछि बनेकले हामी निर्वाचनमा जानु पर्छ”, उहाँले भन्नुभयो, “हामीले विगतमा गरेका आन्दोलनबाट पनि कतिपय कुराहरू भत्कायौँ र नयाँ ढङ्गले अगाडि बढ्यौँ ।

त्यसैले अहिले जेनजीको आन्दोलनपछि जुन सरकार बनेको छ र फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ, उक्त निर्वाचनमा सहभागी हुनुपर्छ र कांग्रेस गोरखा निष्पक्ष निर्वाचनको पक्षमा छ ।”