१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

नासोलाई आइएयुको राष्ट्रिय सदस्यको मान्यता प्राप्त

नासोलाई आइएयुको राष्ट्रिय सदस्यको मान्यता प्राप्त
अ अ+ अ-

काठमाडौँ। लामो समयको प्रयासपछि नेपाल खगोल विज्ञानको सर्वोच्च संस्था इन्टरनेसनल एष्ट्रोनोमिकल युनियन (आइएयु) को सदस्य राष्ट्र बन्न सफल भएको छ ।

आइएयुमा नेपालको तर्फबाट नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले प्रतिनिधित्व गर्ने भएको छ । आइएयुले राष्ट्रिय सदस्यका रूपमा मान्यता दिएसँगै सन् २००७ देखि नेपालमा सञ्चालित कार्यक्रमको औचित्य पुष्टि गर्न सफल भएको नासोका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

सन् २०२४ मा दक्षिण अफ्रिकाको केप टाउन सहरमा सम्पन्न आइएयुको ३२औँ महासभामा नेपालले आधिकारिक रूपमा पर्यवेक्षकको भूमिका प्राप्त गरेको थियो । उक्त महासभामा नासोका तर्फबाट परियोजना संयोजक मनिषा द्वाको सहभागिता एवं प्रस्तुति रहेको थियो ।

नासोलाई आइएयुको राष्ट्रिय सदस्यको मान्यता प्राप्त भएको जानकारी आइएयुका नवनिर्वाचित अध्यक्ष एवं सन् २०११ को भौतिकशास्त्र तर्फका नोबेल पुरस्कार विजेता प्रो ब्रायन पी श्मिड्टले इमेलमार्फत दिनुभएको नासोका अध्यक्ष भट्टराईले उल्लेख गर्नुभयो ।

इमेलमा उहाँले लेख्नुभएको छ, “आइएयुसँग गरिएका संवाद र पत्राचारका आधारमा कार्यकारी समितिले नासोलाई नेपालका लागि राष्ट्रिय सदस्यका रूपमा चयन गरेको छ, जसले नेपालको सम्पूर्ण खगोल समुदायको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ”, नासोले जनाएको छ ।

यो निर्णयले नेपाललाई अन्तरराष्ट्रिय खगोल विज्ञान समुदायमा थप सशक्त रूपमा सहभागी हुन, विश्वव्यापी वैज्ञानिक सहकार्यमा योगदान दिन र खगोल तथा अन्तरिक्ष अनुसन्धानका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न मार्ग प्रशस्त गरेको नासोका अध्यक्ष भट्टराईले विश्वास व्यक्त गर्नुभयो । नेपाली वैज्ञानिक समुदायका लागि यो गर्वको विषय हो । खगोलसम्बन्धी नेपालको आवाजलाई विश्व खगोल समुदायमा सशक्त रूपमा प्रस्तुत गर्न नासो प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

नासोले सन् २००७ देखि नेपालमा खगोलशास्त्र शिक्षण, अनुसन्धान र जनचेतनाका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । आइएयुबाट प्राप्त पर्यवेक्षक भूमिकाले नेपाललाई अन्तरराष्ट्रिय सहकार्य, वैज्ञानिक ज्ञान आदानप्रदान र अन्तरिक्ष विज्ञानमा क्षमता वृद्धि गर्ने अवसर प्रदान गरेको थियो । यसबाट राष्ट्रिय सदस्य बन्ने अवसरसम्म दिएको हो ।

नेपाल तथा विदेशमा कार्यरत इन्टरनेसनल एष्ट्रोनोमिकल युनियनको व्यक्तिगत सदस्यता लिन योग्य नेपाली नागरिकलाई उक्त सदस्यताका लागि आफ्नो आवेदन दर्ता गराउन पनि नासोले अनुरोध गरेको छ । रासस