९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष यादवद्वारा जसपा नेपाल छोडेका नेतालाई फर्किन आह्वान



अ+ अ-

काठमाडौँ, २१ कात्तिकः जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता एवं कार्यकर्तालाई जसपा नेपालमा फर्किन आह्वान गर्नुभएको छ ।

अध्यक्ष यादवको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई संकोच अप्ठ्यारो नमानी आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्नुभएको हो ।

आफ्नो पार्टी छोडेर विभिन्न पार्टीमा गएका नेता तथा कार्यकर्तालाई ढोका खुला रहेको उहाँहरूको क्षमता, दक्षता, भूमिका र योग्यताअनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिईने अध्यक्ष यादवको भनाइ छ ।

मुलुकमा विकसित परिदृष्यलाई मध्यनजर गर्दै पार्टीलाई थप सङ्गठित, समावेशी र बृहत् बनाउने उद्देश्यले पार्टी छाडेकालाई पुरानै घर फर्काउने अभियान जसपा नेपालले प्राथमिकताका साथ सञ्चालन गर्ने जसपाले निर्णय गरेको छ ।

अध्यक्ष यादवले भन्नुभएको छ, “यो पार्टी स्थापनाकालदेखि विगतमा जे जस्तो कारणले असन्तुुष्ट भएर पार्टी छाडे पनि उहाँहरू सबैलाई जसपा नेपालमा स्वागत छ, आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दछु”, अध्यक्ष यादवले भन्नुभयो, “जसपा नेपाल हामी सबैको साझा सङ्गठन भएकाले जुनै कारणले पार्टी परित्याग गरे पनि पुनः फर्किन कसैले दुःख, धक, संकोच वा अप्ठ्यारो मान्नु पर्दैन ।”  रासस