६ पुष २०८२, आईतवार
,
Latest
‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा ‘मुन्धुम अल्ट्रा ट्रेल रेस’



अ+ अ-

भोजपुर।  भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुरको सबैभन्दा होचो स्थान कोप्चेदेखि टेम्केमैयुङ गाउँपालिकाको तावा भञ्ज्याङसम्म ‘मुन्धुम अल्ट्रा ट्रेल रेस’ को आयोजना हुने भएको छ ।

आगामी मङ्सिर २० र २१ गते दुई दिन ६० किलोमिटरको दूरीमा दौड प्रतियोगिता आयोजना गरिएको आयोजक मुन्धुम अल्ट्रा ट्रेल रेस सञ्चालन समितिका सचिव रविन थापाले जानकारी दिनुभयो । जिल्लाको मुन्धुम पदमार्ग तथा पर्यटकीय स्थालको प्रचारप्रसार गरी पर्यटन आवागमन सहयोग गर्दै धावक उत्पादन गर्ने लक्ष्यका साथ अल्ट्रा ट्रेलको आयोजना गरिएको सचिव थापाले बताउनुभयो ।

जिल्लाको हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका र रामप्रसाद राई गाउँपालिकाको आर्थिक सहयोग र स्वीस सरकार विकास सहयोग नियोग, हेल्भेटास नेपाल र पदमार्गमा आधारित पर्यटन विकास परियोजनासँगको समन्वयमा दुई दिने अल्ट्रा ट्रेल रेसको आयोजना गरिएको हो ।

स्थानीय संस्कृति, परम्परा र मुन्धुम दर्शन तथा संस्कृतिको प्रचार–प्रचार गर्ने, पर्यटन प्रवर्द्धन, स्वास्थ्य तथा शारीरिक स्वस्थता, स्थानीयको आयश्रोतमा वृद्धि, अन्तरराष्ट्रिय सहभागिता जस्ता उद्देश्य कार्यक्रमको रहेको छ । सो सम्बन्धमा आज सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक पक्षले कार्यक्रम सफल बनाउन सबै पक्षसँग आग्रह समेत गरेको छ ।

हतुवागढी गाउँपालिकाका अध्यक्ष तथा निर्देशक समितिका संयोजक प्रेम कुमार राईले पर्यटन प्रवर्द्धन, अर्थतन्त्र विकास, किराती संस्कृति तथा परम्पराको प्रवर्द्धन, खेलकुद क्षेत्रको विकासलगायत क्षेत्रका लागि यो कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । पुरुष तथा महिला अल्ट्रा ट्रेल रेसमा १०० जनाको सहभागिता हुने आयोजकले जनाएको छ ।

यो रेसले जिल्लाको पर्यटन, खेलकुद तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको रेस सञ्चालन समितिका अध्यक्ष सन्दीप किरावाले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रमको मुख्य उद्देश्य स्थानीय पर्यटन प्रवर्द्धन, सांस्कृतिक एकता र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रचार गर्नु हो, साथै प्रतियोगितमार्फत भोजपुरका पहाडी क्षेत्रका सुन्दर पदमार्ग, गाउँघरका सांस्कृतिक सम्पदा र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिइएको छ ।”

प्रतियोगिता तयारीका लागि ट्रेल म्यापिङ, स्वयंसेवक तालिम, सरसफाइ तथा प्रचार अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको आयोजक पक्षले जानकारी दिएको छ । रासस