१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानिँया

सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानिँया
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको आज आयोजित २२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले सार्वजनिक पुस्तकालय निर्माणका लागि बागमती प्रदेशले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले प्रविधिको प्रयोगसँगै पुस्तक पढ्ने बानी हराउँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले युवालाई प्रविधियुक्त पुस्तकालयमा जोड्नका लागि यस्ता सार्वजनिक पुस्तकालयको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । सार्वजनिक पुस्तकलायलाई अन्तरराष्ट्रियस्तरको पुस्तकालयका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

पाठकको अभिरुचिअनुसार पुस्तक तथा शैक्षिक सामग्री यस पुस्तकालयमा अद्यावधिक गर्नुपर्ने मुख्यमन्त्री बानियाँले बताउनुभयो । काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजका अध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले पुस्तकालयलाई यसअघि सङ्घीय सरकारबट सहयोग प्राप्त भइरहेको भए पनि पछिल्लो समय सहयोग नहुँदा पुस्तकालय सञ्चालनमा समस्या भएको बताउनुभयो ।

उहाँले पुस्तकालयको विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

शिक्षा मन्त्रालयअन्तर्गत केशर पुस्तकालयका प्रमुख यादवचन्द्र्र निरौलाले प्रदेश सरकारको आफ्नै पुस्तकालयका रूपमा यस सार्वजनिक पुस्तकालयलाई विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारभित्र यसलाई नमूना पुस्तकालयका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

पुस्तकाय समाजका उपाध्यक्ष एवं प्रदेशसभा सदस्य याङकिला शेर्पा, पर्वतस्थित मोती पुस्तकालयका संस्थापक भोलानाथ शर्मा, समाजका सदस्यद्धय तीर्थराज वन्त र भोलाकुमार श्रेष्ठलगायतले पुस्तकालयको संस्थागत विकासका लागि तीनै तहका सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री बानियाँले पुस्तकालयका संस्थापक सदस्य जुजुभाइ डङ्गोलद्वारा लिखित ‘पुस्तकालय: अध्ययन संस्कृतिको आधार’ पुस्तक विमोचन गर्नुभएको थियो ।

संस्थापक सदस्य डङ्गोलले राजधानी काठमाडौँका बासिन्दालाई अध्ययन संस्कृतिको विकास गर्नका लागि योगदान पुर्याउने उद्देश्यले २०६० सालमा सार्वजनिक पुस्तकालयको स्थापना गरिएको जानकारी दिनुभयो । पुस्तकालयका प्रशासक तथा व्यवस्थापक लीलाप्रसाद भट्टराईले पुस्तकालयमा दैनिक दुई सयभन्दा बढी पाठकहरू अध्ययनका लागि आउने गरेको बताउनुभयो । यस्तै दैनिक ५० भन्दा बढी पाठकले घरमा पुस्तक लगेर पढ्ने गरेको उहाँको भनाइ छ ।

कार्यक्रममा पुस्तकालयका संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री डा नारायण खड्का, पूर्वराज्यमन्त्री भक्तबहादुर बलायर, पूर्वसचिव किशोर थापा, पूर्व राजदूतद्वय राजेश्वर देवकोटा र डा मोहनप्रसाद लोहनी, संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति डा कुलप्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो । रासस