१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

झापा महिला गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा

झापा महिला गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा
अ अ+ अ-

झापा। त्रिभुवन आर्मी फुबटल क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शिवसताक्षीको दूधे रङ्गशालामा जारी उक्त प्रतियोगिताको आज भएको क्वाटरफाइनल खेलमा विभागीय टोली आर्मीले आरएस पोखरा एफसीलाई ६–० गोलअन्तरले पराजित गरेको हो ।

अब पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र सङ्कटा फुबटल क्लबबीच तथा दोस्रो सेमिफाइनलमा एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुबटल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

आजको खेलको सुरुआती चरणमा आर्मी क्लबकी जेनिफर रानामगरले पहिलो गोल गरेकी थिइन् । खेलको ३३औँ मिनेटमा विमला चौधरीले आर्मीका लागि दोस्रो गोल गरिन् । पहिलो हाफको इन्ज्युरी समयमा विमला विकले आर्मीका लागि तेस्रो गोल गरिन् ।

दोस्रो हाफको ८५औँ मिनेटमा विमला चौधरीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–० गोलको अग्रता दिलाइन् । खेलको ९०औँ मिनेटमा शर्मिला थापाले तथा इन्ज्युरी समयमा विमला चौधरीले आर्मीका लागि क्रमशः पाँचौँ र छैटौँ गोल गरिन् ।

खेलको प्लेयर अफ दी म्याच आर्मीकै विमला चौधरी घोषित भइन् । उनले रु १५ हजार नगद र ट्रफी प्राप्त गरिन् । प्रतियोगिताको विजेता टोलीले रु १० लाख १० हजार र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछ । रासस