२९ कार्तिक २०८२, शनिबार
,
Latest
विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छः सहसंयोजक नेपाल प्रदेशमा शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मुख्यमन्त्री यादवको निर्देशन मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ कर्णाली यश्विसले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता मानवकल्याण नै सबैभन्दा ठूलो धर्मः प्रदेश प्रमुख भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाचगानबाट सङ्कलित रकम सडक निर्माणमा सहयोग



अ+ अ-

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ख्याली नाच र आमा समूहले नाचगानबाट सङ्कलित रकम सडक निर्माणका लागि सहयोग गरेका छन् ।

ख्याली नाच समूहका कलाकारहरुले दसैँमा नृत्य प्रदर्शन गरेर दानदक्षिणबापत सङ्कलन गरेको रु एक लाख र हिमाली आमा समूहले तिहारमा देउसीभैलो खेलेर जुटाएको रु दुई लाख म्याग्दीको सबैभन्दा विकट मानिने गुर्जा जोड्ने सडक योजनाका लागि सहयोग गरेका हुन् ।

ख्याली नाच समूहले आज वडा कार्यालयमार्फत सडक निर्माणका लागि गुर्जा विकास मञ्चलाई उपलब्ध गराएको धवलागिरि गाउँपालिका–१ का अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

यसअघि गत तिहारमा आमासमूहले देउसीभैलो खेलेर सङ्कलन गरेको रु दुई लाख नगद पनि वडा कार्यालयमार्फत मञ्चलाई उपलब्ध गराएका थिए । गुर्जा म्याग्दीमा सडक सञ्जालको पहुँच नपुगेको एक मात्रै वडा हो । गाउँमा छिटो मोटरबाटो जोडियोस् भन्ने उद्देश्यले सहयोग गरेको आमा र ख्यालीनाच कलाकार समूहका पदाधिकारीहरुले बताउनुभयो ।

धवलागिरि गाउँपालिकलाको वडा नं २ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म सडकको पहुँच पु-याउन करिब पाँच किलोमिटर सडकको ट्र्याक निर्माण गर्न बाँकी रहेको छ ।

उहाँका अनुसार, लुलाङ–गुर्जा सडकका लागि यस वर्ष सङ्घीय सरकारले समपूरक बजेटबाट रु एक करोड ४० लाख, गाउँपालिकाले समपूरक साझेदारी बजेट रु ३५ लाख, सहरी विकास मन्त्रालयबाट रु तीन करोड र गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ ।
रासस