१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छ : सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छ : सञ्चारमन्त्री खरेल
अ अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तारका लागि सरकार प्रतिबद्धताका साथ लागिपरेको बताउनुभएको छ ।

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको आज स्थलगत निरीक्षण गर्दै उहाँले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच विस्तारका लागि अभियानकै रूपमा निरन्तर काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री खरेलले १९ वटा सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट पुर्‍याउन सफल भएको बताउँदै अब दुर्गम क्षेत्रका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँको १९ महत्त्वपूर्ण सार्वजनिक र संवेदनशील क्षेत्रमा निःशुल्क इन्टरनेट विस्तार गर्‍यौँ । यसलगत्तै हाम्रो अभियान मुलुकको इन्टरनेट पहुँचका हिसाबले अत्यन्तै दुर्गम मानिएका सोलुखुम्बु, रामेछाप, रौतहट, गुल्मी, म्याग्दी, जुम्ला, बैतडीलगायत जिल्लाका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ इन्टरनेट पुर्‍याउने लक्ष्यअनुरूप काम अगाडि बढाइएको छ ।”

सेवा विस्तारका लागि नियामक नेपाल दूरसञ्चार प्राधिकरण लागिपरेको छ । यसका साथै देशका अन्य महत्त्वपूर्ण सहर ‘जहाँ जहाँ निःशुल्क वाइफाइ आवश्यक पर्छ’ त्यहाँ क्रमशः विस्तार गर्दै जाने योजना बनाइएको छ । प्राधिकरणको अग्रसरतामा नेपाल टेलिकम, निजी क्षेत्रका एनसेल, वल्र्डलिङ्क, भायोनेटलगायत कम्पनीसँग समन्वय र सहकार्यका साथै समुदायको समेत साझेदारीमा यसलाई अगाडि बढाइनेछ ।

सञ्चारमन्त्री खरेलले डेढ महिनाको अवधिमा दूरदराजमा हामीले छाडेका छैनौँ, सुरुका दिनदेखि इन्टरनेटको पहुँच नपुगेका तीन वटा पालिका दार्चुलाको मार्मा, बझाङको तलकोट, मनाङको तिलिचो आधार शिविरमा टेलिकमको फोरजी सेवा विस्तार भएको जानकारी दिनुभयो । उहाँले लाइसेन्स लिने स्थान यातायात व्यवस्था कार्यालय काठमाडौँको ठूलोभर्‍याङ, ललितपुरको एकान्तकुना, भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा निःशुल्क वाइफाइ जडानको काम भइरहेको छ ।

सञ्चारमन्त्री खरेल, मन्त्रालयका सचिव राधिका अर्यालसहितको टोलिले निःशुल्क वाइफाइ इन्टरनेट विस्तारको निरीक्षण गर्नुभएको हो । मन्त्री खरेलले नयाँबसपार्क, टिचिङ हस्पिटल, पशुपति परिसरको आर्यघाट र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगी सरकारले निःशुल्क उपलब्ध गराएको इन्टरनेश सेवाको लगइन गरी जाँच गर्नुभयो ।

गत असोज ६ गते सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त भएपछि मन्त्री खरेलले मन्त्रालयमा पदभार ग्रहणका क्रममा आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौँ उपत्यकाका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइको पहुँच पुर्‍याउने निर्णय गर्नुभएको थियो । डेढ महिनाको अवधिमा नै निर्णय कार्यान्वयनमा आएको छ । उपत्यका बाहिरका महत्त्वपूर्ण १० वटा सहरमा पनि निःशुल्क वाइफाइको पहुँच पुर्‍याउने काम अघि बढेको छ ।

नयाँ बसपार्क, केही अस्पताल, पशुपति क्षेत्र परिसर, विमानस्थल, संवेदनशील, महत्त्वपूर्ण र सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा निःशुल्क वाइफाइ विस्तार गरिएको हो । पाँच वटा स्थानमा नयाँ स्थापना र (निर्माणाधीन तीन) सहित आठ स्थानमा नयाँ स्थापना गरिएको छ । पहिला वाइफाइ स्थापना भइसकेका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमतार विस्तार गरिएको छ । निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट सेवाका लागि सहकार्य गर्ने जनाएका छन् ।

सञ्चारमन्त्री खरेलको सक्रियतमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायक कम्पनीसँगको समन्वयमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरेको हो ।

प्राधिकरणका अनुसार यसअघि वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, त्रिवि  शिक्षण अस्पताल महाराजगञ्ज, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्मभक्त माथेमा राष्ट्रिय उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा १० एमबिपिएस ब्याण्डविथलाई बढाएर १५० एमबिपिएस बनाइएको छ । ती क्षेत्रमा प्रत्येक डिभाइसका लागि १०० एमबीबाट बढाएर ५०० एमबी बनाइएको छ ।

त्यसैगरी नेपाल टेलिकमले काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित ३५ विमानस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्ने कार्ययोजना बनाएको छ । भक्तपुर क्यान्सर अस्पतालमा छ वटा एक्सेस प्वाइन्ट र कीर्तिपुर अस्पतालमा पाँच वटा एक्सेस प्वाइन्टसहित नयाँ वाइफाइ सेवा उपलब्ध गराइएको छ ।

निरीक्षणका क्रममा मन्त्री खरेलले उपत्यकाका विभिन्न सार्वजनिक स्थलपछि दुर्गम क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा पु¥याउने गरी सरकारले काम गरिरहेको जानकारी दिनुभयो । मन्त्री खरेलले निःशुल्क सेवा सेवाको नाममात्रै हैन साच्चिकै प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले उपलब्ध निःशुल्क वाइफाइ सेवाको अनुगमन गरिने बताउनुभयो ।

सञ्चारमन्त्री खरेलको सक्रियतमा नियामक नेपाल दूर सञ्चार प्राधिकरणले सेवाप्रदायक कम्पनीसँगको समन्वयमा निःशुल्क वाइफाइको पहुँच विस्तार गरेको हो । प्राधिकरणका अनुसार १३ अस्पताल, आर्यघाट, विमानस्थल, नयाँ बसपार्कमा समान एक र तीन स्थानका यातायात व्यवस्था कार्यालय गरी १९ स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराइएको छ ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले सेवाग्राहीको सन्तुष्टिलाई हेरेर आगामी दिनमा इन्टरनेटको क्षमता विस्तार गरिँदै लैजाने बताउनुभयो । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले नयाँ बसपार्क, विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशील, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार गरिएको जानकारी दिनुभयो

उहाँका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले विमानस्थलमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा आएसँगै यात्रु एवं सर्वसाधारणलाई सूचना प्रवाहमा सहज बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुवासचन्द्र जोशीले मानिसको जन्म संस्कारदेखि मृत्यु संस्कारसम्मको धार्मिक कार्य हुने पवित्र पाशुपत क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेटका माध्यमबाट सम्पर्क विस्तार र सूचना प्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस