२९ कार्तिक २०८२, शनिबार
,
Latest
कर्णाली यश्विसले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता मानवकल्याण नै सबैभन्दा ठूलो धर्मः प्रदेश प्रमुख भट्ट आज देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो: प्रधानमन्त्री कार्की शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै ‘एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब



अ+ अ-

नेपालगन्ज। दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ को उपाधि ललितपुरको सगरमाथा स्वीमिङ क्लबले जितेको छ ।

नेपालगन्ज स्वीमिङ क्लब बाँकेले आयोजना गरेको प्रतियोगितामा सगरमाथा क्लबले २७२ अंक ल्याएर उपाधि जितेको हो।नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र बाँकेका प्रहरी प्रमुख अंगुर जिसीले प्रथम ट्रफी हस्तान्तरण गरेका थिए ।

प्रतियोेगिताका प्राविधिक प्रमुख विष्णु खड्का क्षेत्रीका अनुसार ५६ वटा पौडी इभेन्टमा १३५ अंक ल्याएर ललितपुरकै जेम्स स्कुल दोस्रो भयो । बाँके कोहलपुरको शिखा एकेडेमी ५२ अंकसहित तेस्रो भएको छ ।

त्यसैगरी लिटिल एञ्जेल्स स्कुल ललितपुरले ४६, आदर्श माध्यमिक विद्यालय नेपालगन्जले ३५, कोशी प्रदेशले २०, काठमाडौंको युनिग्लोब स्कुलले ११, स्प्रिङडेल स्कुल नेपालगन्जले १०, राई स्कुल काठमाडौंले ९, नेपालगन्ज स्विमिङ क्लब बाँकेले ८ र बागेश्वरी एकेडेमी कोहलपुरले ४ अंक ल्याएको क्षेत्रीले जानकारी दिए ।

यो जितमा क्लबका अरेक कर्माचार्य एक्लैले ७ वटा स्वर्ण र रिजा अवालेले ५ पदक जितेका थिए । कर्माचार्य प्रतियोगिताको पुरुषतर्फ उत्कृष्ट र अवाले महिलातर्फको उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । उनीहरुलाई जनही पाँच पाँच हजार रुपैयाँले पुरस्कृत गरिएको थियो । प्रतियोगितामा देशभरबाट १५० जना खेलाडीको सहभागिता रहेको थियो ।

आयोजक नेपालगन्ज स्वीमिङ क्लब बाँकेका अध्यक्ष केशवराज न्यौपानेले क्लब स्थापनाको छोटो अवधिमा नै राष्ट्रिय प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न सकेकाले आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता पनि आयोजना गर्ने उर्जा मिलेको बताए ।

उनले नेपाल पौडी संघ, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् लगायत तीन तहकै सरकारलाई पौडी खेललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे । क्लबले आगामी दिनमा स्थानीय स्तरमा पौडी प्राविधिक उत्पादन गरेर खेलको विकासमा टेवा पुर्याउने बताए ।

प्रतियोगितामा प्राविधिक सहयोग गरेको नेपाल पौडी संघ केन्द्रीय समितिले आगामी दिनमा नेपालगन्जमा विभागीय टिमसहितको राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष श्रेष्ठले नेपालगन्ज स्वीमिङ क्लबसँग सहकार्य गरेर यस क्षेत्रमा पौडीको विकासमा लाग्ने पनि बताए ।