५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

थारू समुदायमा अष्टिम्की पर्वको परम्परागत लोककला हराउँदै

थारू समुदायमा अष्टिम्की पर्वको परम्परागत लोककला हराउँदै
अ+ अ-

कञ्चनपुर। यहाँका थारू समुदायले मनाउने श्रीकृष्णजन्माष्टमी (अष्टिम्की) पर्वको परम्परागत लोककला हराउँदै गएको छ । बाह्य संस्कृतिको प्रवेशसँगै समुदायको परम्परागत लोक चित्रकलामा आधारित अष्टिम्की पर्व ओझेलमा पर्न थालेको हो ।

परम्परागत तरिकाले तयार गरिएका विभिन्न रङको प्रयोग गरी थारू समुदायले घरको बैठक कोठामा भगवान् श्रीकृष्णसहित अन्य जीवनशैलीमा आधारित परम्परागत चित्र बनाउने प्रचलन रहेकामा उक्त प्रचलन हट्दै गएको स्थानीय कालुराम चौधरीले बताउनुभयो ।

“पहिला अष्टिम्कीका अवसरमा घरको बैठक कोठामा सुन्दर र आकर्षक चित्र बनाउने हतारो हुन्थ्यो”, उहाँले भन्नुभयो, “कसैले परम्परागत तरिकाले तयार गरेका रङ र कसैले बजारबाट खरिद गरेर ल्याएका रङको प्रयोग गरी चित्र बनाउनमा व्यस्त हुन्थे, विशेषगरी व्रतालु महिलाहरू चित्र बनाउने कार्यमा संलग्न हुन्थे ।”

उहाँका अनुसार कुनै गाउँमा वरघरिया (गाउँको मुख्य व्यक्ति)को घरमै चित्र कोरेर सामूहिक रूपमा त्यहाँ जम्मा भएर भगवान् श्रीकृष्णको पूजाआजा गर्ने परम्परा थियो । केही गाउँमा घरघरमा वा टोलका कुनै एक घरमा चित्र बनाएर पूजा गर्ने चलन थियो ।

“अष्टिम्की पर्वका अवसरमा आजभोलि पनि पूजा हुन्छ, तर परम्परागत शैली परिवर्तन भएको छ”, शुक्लाफाँटा नगरपालिका–१० का गुरुवा हिमाली चौधरीले भन्नुभयो, “पहिलेको जस्तो चित्र बनाउन जान्ने बूढापाका गाउँमा छैनन्, युवाहरूले सीप सिक्नै मान्दैनन् । सोही कारणले बजारबाट बनिबनाइएका अधुनिक पोष्टर ल्याएर पूजा गर्ने चलन चल्न थालेको छ ।”

थारू समुदायका घरघरमा रहेका बैठक कोठामा अष्टिम्कीमा मानव जातीले जन्मदेखि मृत्युसम्म गर्ने क्रियाकलाप आकर्षक चित्रका माध्यमबाट देखाउने गरी कोर्ने परम्परा रहेको थारू सामाजिक अभियन्ता हबलदार चौधरीले जानकारी दिनुभयो ।

“ब्रह्ममुहूर्तमा दर खाएपछि घरमा रहेको ब¥ही (बैठक) कोठमा व्रतालु थारू महिलाले आफ्नै हातले कान्हा अर्थात् भगवान् श्रीकृष्णको चित्रसहित अन्य लोकचित्रहरू बनाउने गर्दछन्”, उहाँले भन्नुभयो, “चित्र बनाउँदा पश्चिमतर्फ चन्द्रमा, पूर्वमा सूर्य, माछा, लठ्ठी, गङ्गटा, सर्प, कुकुर, रूखमा बसेका बाँदर, गड्याँैला, कछुवा, हात्ती, घोडा, गोरु, ऊट, कुखुरा, मयूर, बिच्छी, बासुकी नागलगायत जलचर र थलचर प्राणीका चित्र बनाउने गरिन्छ ।”

यी चित्रहरू अन्न राख्ने भाँडो र भित्तामा बनाउने गरिएको सामाजिक अभियन्ता चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार चित्र बनाउने व्यक्तिलाई बीच भागमा दुलही अन्माउँदा दुलहीलाई लैजाने डोलेसहित डोलीको चित्रका माध्यमले देखाउने गरिन्छ ।

हाल यस्ता चित्र बनाएर अष्टिम्की पर्व मनाउने चलन कम थारू गाउँमा जीवित रहेको अभियन्ता चौधरीले बताउनुभयो । “अधिकांश गाउँमा अष्टिम्कीमा चित्र कोर्ने चलन हराइसकेको छ”, उहाँले भन्नुभयो, “केही गाउँमा मात्रै जीवित छ, थारू संस्कृति र पहिचानसँग जोडिएको यो लोककलालाई जीवन्त राख्नका लागि थारू अगुवाहरूले पुस्तान्तरणमा जोड दिनुपर्छ ।”

पहिले महिलाहरूले मात्रै अष्टिम्कीका बेला चित्र बनाउने उल्लेख गर्दै उहाँले पछि पुरुषहरूले पनि चित्र बनाउन थाका स्मरण गर्नुभयो । अहिले कला, संस्कृति पुस्तान्तरण नहुँदा बजारबाट पोष्टर ल्याएर घरका भित्तामा टाँस्ने र पूजा गर्ने चलन बढ्दै गएको उहाँको भनाइ छ ।

“सिलौटामा पिँधेको चामल, धानको भुसको प्रयोग गरी डेहरीमा पोतेपछि परम्परागत तरिकाले बाँसको सिन्कामा कपास लगाएर रङमा डुबाई चित्र बनाउने गरिन्थ्यो”, थारू समाजसेवी रेवन चौधरीले भन्नुभयो, “त्यसपछि बजारमा पाइने आधुनिक रङहरूमा कुचीको प्रयोग गरी चित्र बनाउने गरिन्थ्यो, हाल त्यो पनि देख्न पाइँदैन ।”

सृष्टिको रचनादेखि मानव जातिलाई बाँच्नका लागि आवश्यक पर्ने वस्तुहरू चित्रका माध्यमले व्यक्त गर्ने भएकाले थारू समुदायको लोक चित्रकलाको अत्यधिक महत्व रहेको उहाँले बताउनुभयो । थारू संस्कृतिका जानकारका अनुसार यो समुदायमा पाँच हजार वर्षअघि देखि चित्र बनाउने कलाको सुरुआत भएको थियो ।

थारू समुदायले अष्टिम्कीका बेला बनाउने चित्रका लागि सिमीको पातबाट हरियो, खयरबाट कत्थइ, पवैको गेँडाबाट रातो, सुकेको लौका आगोमा डढाएर कालो रङ बनाइने जनाउँदै समाजसेवी चौधरीले चित्रमा लगाइने रङहरूको आ–आफ्नै महत्व र विशेषता रहेको बताउनुभयो ।

उहाँका अनुसार काले रङ शून्यताको प्रतीक, रातो जीवनको उमङ्ग, हरियो धैर्यताको प्रतीक, पहेलो रङ बुद्धिमताको, खैयर शरीरको संवेगात्मक अवस्थाको र नीलो रङलाई परम्परा र मूल्यमान्यताको प्रतीकका रूपमा लिने गरिएको छ ।

अष्टिम्कीको चित्र बनाउने र पूजा सामग्री तयार गर्ने कार्य गरेपछि महिलाले निराहार व्रत बसी परम्परागत आभूषण र पहिरनमा सजिएर चामल, फलफूल, दियो, धानको बोट, कागतीको हाँगा र जोडा फल लिई पूजा गर्ने परम्परा रहेको दानसिंह दहितले जानकारी दिनुभयो । “घरका सबै सदस्य पूजा गर्ने ठाउँमा जम्मा भएर पूजाका गतिविधिका सहभागी हुन्छन्”, उहाँले भन्नुभयो, “व्रतालु महिलाले चोखो गरी पकाएका खाना र फलफूल प्रसादका रूपमा सबैले ग्रहण गर्दछन् ।”

अष्टिम्कीको रातभरि जाग्राम बसी घरका सबैले श्रीकृष्णको परम्परागत लोकभाखामा गीत गाउने र नाच्ने गर्दछन् । अष्टिम्कीको दोस्रो दिनको बिहानै पूजा गरी चालमसहितको दियो बनालेर नदी वा तलाउमा विर्सजन गरी स्नान गरेर परिवारका सबै सदस्य घर फर्कछन् । घरमा बनाइएका पकवानको केही भाग भगवान्लाई अर्पण गरी व्रतालु महिलाले भोजन ग्रहण गर्दछन् ।  रासस