२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रमले आधारहिन सपना नबाडेको स्पष्ट उद्देश्य, लक्ष्य साथ आएको पौडेलको दाबी



अ+ अ-

काठमाडौं । नेकपा सासद तथा पूर्ब अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेतृत्व स्वप्नदर्शी हुनैपर्ने भन्दै सरकारको नीति तथा कार्यक्रम कोविड– १९ ले सिर्जना गरेको चुनौतीको सामनागर्ने र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाँक्षा पुरागर्ने सपना र संकल्पका साथ आएको बताउनु भएको छ । संसदका प्रस्तुत भएको आर्थिक बर्ष २०७७÷७८को नीति तथा कार्यक्रमका आ आफनो घारणाा राख्दै  सासद पौडेलले सपना सम्म पनि देख्न नसक्नेले विकास, निर्माण वा समृद्धिको अभियानलाई नेतृत्वगर्न सक्तैन भन्दै । नीति तथा कार्यक्रमले आधारहिन सपना नबाडेको र बरु स्पष्ट उद्देश्य, लक्ष्य, कार्यान्वयनको कार्ययोजना र परिणाम प्राप्तगर्ने अठोटका साथ आएको दाबी गर्नुभयो । 

आर्थिक बर्ष २०७७÷७८ को नेपाल सरकारको नीति तथा कार्यक्रमलाई म दृढतापूर्वक समर्थन गर्दे उहाले यो नीति तथा कार्यक्रम निर्वाचनका बेलामा ५ बर्षका लागि जनता समक्ष गरिएको प्रतिवद्धताको चरणवद्ध कार्यान्वयनको संकल्प बोकेर आएको बताउनु भयो । उहाले भन्नुभयो  आगामी आर्थिक बर्षमा के के गर्ने भन्ने प्रतिवद्धता पनि आएको छ ।
पूर्बमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले  नीति तथा कार्यक्रम महत्वाकाँक्षी  मात्र नभै उच्च आकाँक्षी रहेको र  श्रोत, साधन , सामथ्र्यको अधिकतम परिचालन गर्दा कार्यान्वयन गर्न सकिने किसिमको भएको दाबी गर्नुभयो । नीति तथा कार्यक्रम संभावनाको न्यूनतम् सिमारेखाको नजिक होइन, उच्चतम सिमारेखाको नजिक भएरै आउनु पर्दछ र यसरी नै आएको पनि छ सासद पौडेलले बताउनु भयो । नीति तथा कार्यक्रम कोविड– १९ को महामारी र त्यसले मानवजीवनको रक्षा तथा आर्थिक–सामाजिक क्षेत्रमा सिर्जना गरेको चुनौतीको सामना कसरी गर्ने रु कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई कसरी प्रभावकारी बनाउनेरुप्रकृतिको सुन्दरतम् श्रृष्टिमानवजीवनको रक्षा कसरी गर्ने रुयसले आर्थिक तथा सामाजिक क्षेत्रमापारेको प्रभावलाई कसरी सामनागर्ने रुभन्ने जस्ताबिषयहरुमातत्कालकाअभिभारा निश्तित गरेको मात्रहोइन, पोष्ट कोविड योजना सहित प्रस्तुतभएको छ । आर्थिक तथा सामाजिक क्षेत्रमाथपक्षतिहुननदिन र अर्थतन्त्रलाई गतिशीलतुल्याउँदै उच्चदरको आर्थिक वृद्धि हासिलगर्नमा केन्द्रीतभएको उहाले बताउनुभयो । 

सासद पौडेलले सरकार र समग्र राज्यप्रणाली प्रकृती वा मानव सिर्जित साना वा ठूला घटना, दुर्घटना, वा चुनौतीबाट विचलित हुन नमिल्ने भन्दै सरकारले, राज्यले जस्तासुकै संकटको पनि सामना गर्न र राष्ट्र तथा जनताको आम वा आधारभूत आवश्यकता पुरागर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ अघि बढ्नु पर्निै बताउनु भयो । नीति तथा कार्यक्रम कोविड–१९ ले सिर्जना गरेको चुनौतीमा अल्झिएर बस्ने होइन, त्यसलाई सुझबुझ, साहस र बस्तुनिष्ठ योजनाका साथ सामना गर्ने,आर्थिक–सामाजिक जीवनलाई गतिशील बनाउने, विकास, समृद्धि र सामाजिक न्याय हासिलगर्ने र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाँक्षापुरागर्ने संकल्पका साथ प्रस्तुतभएको उहाले दाबी गर्नुभयो । 

नीति तथा कार्यक्रम समस्त मानवजाति र सिङ्गो विश्वले सामना गरिरहेको कोविड– १९ को चुनौती परास्त गर्दै अगाडी बढ्न रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रीतभएर आएको र कोविड– १९ का विरुद्धमा केन्द्रीत भईरहँदा पनि राज्य आफ्ना आम वा आधारभूत अभिभारा बाट विमुखहुन सक्तैन भन्ने मान्यता बोकेर सासद पौडेलले बताउनु भयो । 

नीति तथा कार्यक्रम बदलिएको परिस्थिति अनुरुप कोविड– १९ नियन्त्रण गर्ने र स्वास्थ्य, शिक्षा, कृषि, उद्योग र रोजगारीका क्षेत्रमालगानी केन्द्रीतगर्ने, थप क्षति हुन नदिने र अर्थतन्त्रलाई गतिशील तुल्याउने संकल्पका साथ आएकोउहाले बताउनु भयो ।  मितब्ययीता अपनाउने, फजुलखर्च रोक्ने, सुशासन प्रवर्धन गर्ने र उत्पादन वृद्धि तथा रोजगारी सृजनामा केन्द्रीत हुने अठोटका साथ आएको भन्दै उहाले अर्थतन्त्रलाई सबल, स्वाभलम्बी रआत्मनिर्भर तुल्याउने तथाउपलब्ध परिस्थितिमा संभवसिमा सम्मको उच्चआर्थिक वृद्धिदर हासिलगर्ने लक्ष्यका साथआएको पनि दाबी गर्नुभयो ।

 
नीति तथा कार्यक्रम मा आफनो भनाई राख्दै सासद पौडेलले नीति तथा कार्यक्रम कोविड– १९ लाई परास्तगर्ने र उर्जा, सडक, सिंचाई, रेलमार्ग, खानेपानी जस्ता पूर्वाधारहरुलाई पनि एकसाथ अगाडी बढाउने अठोटका साथ आएको उल्लेख गर्नुभयो । आगामी आर्थिक बर्षमा कृषि उत्पादनमा महत्वपूर्ण योगदान गर्ने र प्रदेश नं। २ को मुहार बदल्ने सुनकोशी–मरिन–बागमती डाईभर्सन आयोजनाको निर्माणकार्य आरम्भ गर्ने तत्परता निकै नै महत्वपूर्ण रहेको भन्दै अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय आवद्धताका दृष्टिले असाधारण महत्व राख्ने र नेपाली अर्थतन्त्रको जीवनरेखा सावित हुने हैसियतका वीरगञ्ज–काठमाण्डौ, केरुङ–काठमाण्डौ तथा पूर्वपश्चिम रेलमार्गको निर्माणकार्य आगामीबर्ष भित्र प्रारम्भ गर्ने अठोट चानेचुने बिषय नभएको बताउनुभयो । उहाले तमोर–चिसाङ, माडी–दाङ र कालिगण्डकी–तिनाउ डाइभर्सन जस्ता आयोजनाहरुलाई अघि बढाउने तत्परता साधारण बिषय नभएको भन्दै सासाद पौडेलले श्रोतको व्यवस्थापन गरेर बुढी गण्डकी, पश्चिम सेतीजस्ता जलविद्युत आयोजनाहरुलाई अघि बढाउने संकल्प पनि त्यत्तिकै महत्वपूर्ण भएको बताउनु भयो ।उहाले भूमी बैंक स्थापना गर्ने र खाद्यान्न, दुध, माछामासु, तरकारी तथा फलफूल जस्ता उत्पादनमा आत्मनिर्भर हुन लगानी केन्द्रीतगर्ने बिषयको महत्वलाई निकट विगत र वर्तमानमा नेपालले भोगको पिडाले दर्शाएको उल्लेख गर्नुभयो । 

कोविड– १९ द्वारा सिर्जित कल्पनातित चुनौतीका बावजुद श्रोत व्यवस्थापनमा आन्तरिक श्रोत परिचालनलाई मूख्य आधार बनाउने अठोट नीति तथा कार्यक्रमको अर्को महत्वपूर्ण विशेषता रहेको सासद पौडेलले बताउनु भयो । नीति तथा कार्यक्रम परिस्थितिको सिमाभित्र रहेर पुरागर्न सकिने स्पष्ट लक्ष्य तथा कार्यान्वयनको मूर्त योजनाहो भन्ने कुरा स्पष्ट भएको भन्दै ,यसले आगामी जेठ १५ गते अर्थमन्त्रीद्वारा संघीय संसद समक्ष प्रस्तुत हुने बजेट अर्थात राजश्व र व्ययकालागि पनि स्पष्ट दिशानिर्देश गरेको बताउनु भयो । आगामी बजेटमा यस नीति तथा कार्यक्रमको मर्मलाई आत्मसात गरिने ,राजश्व परिचालन र विनियोजन कुशलताद्वारा यसको कार्यान्वयन सुनिश्चित गरिनेछ पनि उहाले विश्वास व्यक्तगर्नु भयो । 

नीति तथा कार्यक्रमले वर्तमान सरकार नेपाली भूमिको रक्षा र राष्ट्रिय स्वाधिनताको सबलीकरणका लागिअविचलित छ, त्यस निम्ति सिङ्गो राष्ट्रलाई एकतावद्ध गरेर र राष्ट्रिय सहमति जुटाएर अघि बढ्न चाहन्छभन्दै सासद पौडेलले ,राष्ट्रिय हितको पक्षमा दृढताका साथ उभिदै छिमेकी मित्रराष्ट्रहरुसंग असल सम्बन्ध राख्न चाहेको स्पष्ट पार्नुभयो । विगत देखि थाती रहँदै आएका वा हाल उत्पन्न भएका समस्यालाई वार्ताका माध्यबाट समाधानगर्न चाहन्छ र तथ्यको जगमा खडा भएर कुटनीतिक वा राजनीतिकवार्ता द्वारा समस्याको समाधान चाहन्छ भन्ने स्पष्ट गरेको सासद पौडेललको भनाई थियो  ।  सरकारका लागि मातृभूमीको रक्षा तथा सम्पूर्ण नेपालीको सम्मान र स्वाभिमान सर्वोपरी हुनुपर्दछ भन्ने मान्यतालाई  नीति तथा कार्यक्रमले आत्मसात गरेको उहाले बताउनु भयो । 
कोविड–१९ ले गर्दा नेपाल मात्र होइन, सिङ्गो विश्व र समस्त मानवजातिले नै कल्पनातित संकटको सामनागर्नुपरेको वर्तमान समयमाराष्ट्रका सामु उपस्थित सबै प्रकारका चुनौतीको सामनागर्न अभूतपूर्व राष्ट्रिय एकताको खाँचो रहेको भन्दै उहाले परम्परागत ढाँचाको सत्तापक्षीय वा प्रतिपक्षीय अभ्यास गर्ने  नभै कोविड– १९ को सामना, सिमा रक्षा सहित राष्ट्रिय हितको प्रवर्धन, राष्ट्रिय हितअनुकूलसन्तुलित परराष्ट्र नीतिको अवलम्बन र संविधानले दिशानिर्देश गरेझैं विकास, समृद्धि सामाजिकन्याय र समाजवादको आधार निर्माण जस्ताबिषयहरुमा साझा दृष्टिकोण निर्माण गर्न र घनिष्ट सहकार्य गर्न जरुरी रहेको बताउनु भयो ।