१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

फेरि संकटमा मधेशकेन्द्रित दल ! संविधान संशोधनमा के होला ?

फेरि संकटमा मधेशकेन्द्रित दल ! संविधान संशोधनमा के होला ?
अ अ+ अ-

काठमाडौँ । संविधान संशोधन मधेशवादी दलहरुको सरकारमा जाने र ओर्लिने भर्याङ बनेको छ । विसं २०७२ असोज ३ गते वर्तमान संविधान जारी भएपछि  सत्तामा उक्लिने भर्याङ् यही संविधानको संशोधनलाई बनाएका छन् मधेशकेन्द्रित दलहरुले । हिजो उपेन्द्र यादवको पनि त्यही हो र राजेन्द्र महतोहरुले बाहिरै बसेर सरकारले दिने गरेका समर्थन र समर्थनको फिर्ताको खेती पनि यही नै हो । त्यस्तै उनीहरुको मधेशको एजेण्डा पनि यही हो । हालसालै उपेन्द्र महतो सरकारबाट बाहिरिँदाको कारण पनि उनले आफू सत्तामा रहँदा आफूले लिएको संविधान संशोधनको उजेण्डाले सार्थकता नपाएकोले बाहिरिएको भनेका थिए । उता राजेन्द्र महतो र महन्थ ठाकुरहरुले विगतमा सत्तामा गएर भन्दा बाहिरै बसेर सरकारलाई समर्थन गर्दा संविधान संशोधनका लागि सहज हुने निष्कर्ष निकालेका थिए । भलै सरकारमा नेतृत्व गर्ने व्यक्तिमा उनीहरुको कुरा नमिलेर पार्टी फुट्ने अवस्था आएपछि यो रणनीति लिएको तथ्य भने जनताका सामु उनीहरुले नभनिकनै छर्लङ्ग थियो ।
यतिखेर फेरि सरकारले संविधान संशोधनको वातावरण तयार पारेको छ । अहिले यस्तो अवस्था उत्पन्न भएको छ कि जसले संविधान संशोधनको पक्षमा संसदमा मतदान गर्दैन उ देशद्रोही ठहरिन्छ । र यतिखेर यस्तो निर्णय सायदै कुनै व्यक्ति या दलले नै गर्न सक्छ । लिपुलेक, लिम्पियाधुरालगायतका आफ्ना सबै क्षेत्र समेटेर जारी गरिएको नयाँ नक्साबमोजिम संविधानमा व्यवस्था भएको निशाना छापको संशोधनका लागि अब संविधान संशोधनको तयारीमा मुलुक जुटेको छ । यही १५ गते बजेट पेस गरेपछि सायद यही जेठको १८ या १९ गते सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लैजाँदैछ र त्यससम्बन्धी विधेयक संसदमा दर्ता पनि भइसकेको छ । यसबमोजिम संविधान संशोधनका लागि सिंगो देश नै एक भएर उभिएको छ । 
तर यसपटक मधेशकेन्द्रित दलको राजनीतिक एजेण्डा बमोजिम भने संविधान संशोधन हुनेछैन । यो कुराको स्पष्ट जवाफ प्रधानमन्त्री केपी ओलीले संसदमा नै दिइसकेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले एक पटक मात्र नभएर तीन तीन पटक अबको संविधान संशोधन निशाना छापको लागि मात्र हुने बताएका थिए । उनले त्यसबखत संसदमा मधेशकेन्द्रित दलहरु बसको स्थानतर्फ फर्किएरै दिएको यो जवाफले त्यतिबेलै मधेशी दलहरुलाई राम्ररी जवाफ दिएको हुनुपर्छ । 
तर उनीहरुले आफ्नो प्रयास भने छोडेका छैनन् । संसदमा बोल्ने क्रममा पनि त्यो भनेकै थिए भने अहिले पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग मिलेर आफ्ना एजेण्डाले संसदमा सार्थकता पाओस भन्ने लबिङ गरिरहेका छन् । शनिबार मात्र उनीहरु काँग्रेस सभापति तथा संसदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा निवासमा पुगेका थिए । तर देउवाले पनि बचन भने दिएका छैनन् । के गर्न सकिन्छ पार्टीमा छलफल गरेर अघि बढौँला भन्ने जवाफ उनले दिएको बुझिएको छ । 
यतिबेला मधेश केन्द्रित दल सबै एकै ठाउँमा भएको अवस्था छ । यो संविधान जारी भएपछि उनीहरु पहिलो पटक एकैठाउँमा मात्र होइन कि पार्टी नै एक भएको छ । यसका लागि पनि प्रधानमन्त्री ओलीको योगदान रहेको छ । प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि त्यो आपूmहरुप्रति लक्षित भएको आशंकामा उनीहरुले पार्टी नै एकीकरण गरेका थिए । यो घटनाले पार्टी एकीकरण मात्र होइन कि उनीहरुलाई उनीहरुलाई काँग्रेससँग पनि नजिक्याइदिएको छ । तर आसन्न मुद्दामा संविधान संशोधन गर्ने कामबाट काँग्रेस पनि पछि हट्न सक्ने अवस्था कदापि छैन । त्यसो त यो मुद्दाले मधेशी दलहरुलाई पनि छोड्नेवाला छैन । उनीहरुले पनि प्रस्तावका विपक्षमा मतहाल्ने ठाउँ छैन । फेरि नभएको ठाउँमा मत हाल्दा यसपटक मतमात्र बदर हुने होइन कि नेपाली समाजले त्यो मतदाताको हैसियत र बदर गरिदिनसक्छ । त्यसैले संसदमा सतप्रतिशत मतदाताले मतदान गरेर संविधान संशोधन हुँदा पनि तथा संविधान संशोधनको एजेण्डाले नै घरी सत्तामा जाने र घरी ओर्लिने काम जारी राखेका मधेशी दलहरु यो सरकारले आफ्नो पाँच वर्षे कार्यकाल सकिनलाग्दा पनि आफ्नो एजेण्डाले प्रवेश नपाउँदा यस पटक पनि संकटमा पर्ने निश्चितै छ ।