२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको दाबी, फागुनसम्ममा नेपालमा कोरोना संक्रमण नियन्त्रण हुन्छ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी फागुन सम्ममा नेपालमा कोरोना संक्रमण नियन्त्रणमा आउने बताउनुभएको छ ।  

राष्ट्रियसभाको विहिबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय लगायतमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले फागुन सम्ममा नेपालमा कोरोना नियन्त्रण हुने बताउनुभएको हो ।

उहाँले श्रावण महिनाको अन्त्य तिर कोरोना संक्रमणको दर उच्च विन्दुमा पुग्ने र त्यसपछि आरोलो लाग्ने बताउनुभयो । उहाँले दशै तिहार र छठ जस्ता चाडले संक्रमण बढाउने खतरा रहेकाले मंसिर महिना पछि फेरी संक्रमणको दर बढ्ने भएकाले पुर्ण नियन्त्रणमा आउन फागुन सम्म लाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “श्रावणको अन्त्य सम्ममा यसको पिक हुन सक्ने अनुमान गर्न सक्छौ । अथवा भदौको सुरु तिर । यो त्यसपछि आरालो लाग्छ । र हामी यसलाई क्रमश नियन्त्रण गर्न सक्छौ । अर्को कुरा हाम्रा आनीबानी, हाम्रा संस्कार पनि बुझ्नुपर्यो । दशै तिहार र छठ जस्ता चाडले फेरी संक्रमण बढाउछन् भन्ने पनि अवस्था छ । त्यसकारण यो खतराबाट हामी कति जोगिन सक्छौ ? भोली यो खतराले फेरी हाम्रो ग्राफ बढाईदियो भने मंसिरमा फेरी अलिकति मास्तिर जान सक्छ । र मंसिरको अन्त्य तिरबाट हामीले फेरी त्यस ग्राफलाई तल लान सक्छौ । र पुस माघ सम्ममा हामी यसलाई नियन्त्रण गर्न सक्छौ । फागुनको महिना संभवत नियन्त्रणको महिना हुन्छ । ”

कोरोनाको आतंंकले मान्छेलाई डिप्रेशनमा लैजान सक्ने भएकाले आतंकित नभई सर्तक हुन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले लकडाउनको समयमा आत्महत्याका घटना बढ्नुमा कोरोनाको योगदान रहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “कोरोनाले कुनै पनि सकारात्मक योगदान गरेन । यसले शारिरीक विरामी मात्रै होइन मानसिक विरामी पनि । त्रासको कारणले मानिसहरु डिप्रेशनमा जाने । डिप्रेशनका अनेक लक्ष्यण मध्ये एउटा लक्षण हो मरुँ मरुँ लाग्ने । त्यो डिप्रेशनको लक्षणबाट मान्छेहरुले आत्महत्या गर्छन् । सध्े मान्छेले आत्महत्या गर्दैन ।”

कोरोनाका कारण उत्पन्न विभिन्न परिस्थितिका कारण मान्छेहरु डिप्रेशनमा गएको बताएका प्रधानमन्त्रीले नेपालीहरुमा रोग प्रतिरोधी क्षमता बढी भएको भन्दै उपचार पद्धतिको साथै केही टिप्स पनि दिनुभयो ।

उहाँले भन्नुभयो “कोरोनाले छोयो भन्ने वित्तिकै मर्छु । अब गएँ म भन्ने हो भने त बाँच्छ भन्न गाहे हुन्छ ।  कोरोना भनेको एउटा रुघाखोकी जस्तो हो । लागिहाल्यो भने हाछ्यु साछ्यु गर्नुपर्छ । तातोपानी खानुपर्छ । उडाईदिनुपर्छ । त्यो हिसाबले सोच्नुपर्छ । उच्च मनोबल राख्नुपर्छ । त्यो भयो भने कारोनाले लान सक्क्तैन लागिहाल्यो भने पनि । ”

उहाँले उपचार विधि र प्रतिरोध क्षमता आदिको कारणले कोरोनाका कारण निधन हुनेको संख्या निकै कम भएको र संक्रमणको दर पनि अन्य  देशको तुलनामा नेपालको स्थिति राम्रो रहेको बताउनुभयो । उहाँले नेपालमा प्रति १० लाखमा ० दशमलब ७ प्रतिशत संक्रमित रहकोे बताउनुभयो । उहाँले संक्रमितहरु बढ्दै गएको देखिए पनि समुदायमा संक्रमण कमी नै रहेको बताउनुभयो । उहाँले नेपालमा बाहिरबाट आउनेको संख्या संगै संक्रमित भएर आउनेहरुको संख्या पनि ठूलो भएकाले एकै पटक उनीहरुको व्यवस्थापन गर्नु कम चुनौतिपुर्ण नभएको बताउनुभयो । उहाँले चैतदेखि भारतबाट नेपाल आउने नागरिकहरुको संख्या नै बढी भएकाले समस्या भएको बताउनुभयो । उहाँले ठूलो संख्यामा बाढी जसरी आएकाका लागि व्यवस्थित क्वारेन्टीन र तत्काल परीक्षण लगायतको व्यवस्था मिलाउनु चुनौतिपुर्ण कार्य रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले सदनलाई गराउनुभएको जानकारी अनुसार , चैत महिनामा १२ हजा र ६ सय  ५७ जना र बैशाखमा ११ हजार ७ सय ९९  , जेठमा २ लाख ४१ हजार ८ सय ६२ जना  नेपाल आएका छन् ।  त्यसैगरी असार ३ गते सम्म ७ हजार बढी नेपाल आएका छन् ।  असार १ गते १ हजार ४ सय १० जना , २ गते ४ हजार ८० जना र ३ गते २ हजार १२ जना नेपाल आएका हुन् । विदेशमा रहेका नेपालीलाई ल्याउन सजिलो नभएको भन्दै उहाँले हल्लाका पछाडि नलाग्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “विदेशबाट ल्याउने सवालमा परीक्षण गरेर ल्याउनुपर्ने भएपनि कुनै मुलुकले टेस्ट नगरि पठाउने गरेका छन् । भारतबाट त परीक्षण गरेर पठाउने कल्पनै गर्न सकिदैन । त्यो त हुल आएको हो । अरु देशबाट टेस्ट गरेर ल्याउनुपर्ने हुन्छ ।”

जेठ २१ देखि असार १ गते सम्म भारत वाहेकका विभिन्न मुलुकबाट १ हजार १ सय १७ जना लाई नेपाल ल्याईएको जानकारी दिनुभयो । प्रधानमन्त्रीले सदनलाई गराउनुभएको जानकारी अनुसार, जापानबाट १३ जना ,मलेसियाबाट १ जना, म्यानमारबाट २६ जना, युएईबाट १ सय ६९ जना अष्ट्रेलियाबाट ११ जना, कुवेतबाट ४ सय ४८, अफगानिस्तानबाट १८ जना, बंगलादेशबाट २ सय ५८ जना , हङकङबाट ७ जना , ओमनबाट १ सय ६६ जना ल्याईएको हो । १ हजार १ सय १७ जनालाई क्वारेन्टाईन बनाउनु पनि सहज विषय नभएको उहाँले बताउनुभयो । उहाँले क्वारेन्टीन, आइसोलेसन र अस्पतालमा बस्नेहरुको विवरण पनि  दिनुभएको थियो ।

काम छोडेर हिसाब किताब

प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न छाडेर हिसाबकिताव खोजेर बस्ने गरेको भन्दै प्रतिपक्षी दलप्रति परिस्थिति प्रति गम्भीर नबनेको आरोप लगाउनुभयो । उहाँले केही मान्छेहरु असहज अवस्थामा काम गर्नेहरुको प्रशम्सा गर्नु भन्दा १÷ १ रुपैयाको हिसाब किताब खोजेर बस्ने गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “मान्छे काममा लागेका छन् यहाँ कसैलाई चाही खर्चको हिसाब चाहिएको छ । काममा ध्यान छैन । काम प्रतिको प्रसंम्सा छैन । परिस्थिति प्रतिको गम्भीरता छैन । हिसाबकिताब दैनिक चाहिएको छ । खै ? पैसा भनेर । ”

असहज परिस्थितिमा जनप्रतिनिधिहरुले निकै दुखका साथ कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका कामहरु गरेकोमा गुन मान्नुको सट्टा अपमान र आलोचना गर्ने गरिएको गुनासा गर्नुभयो ।

“जनप्रतिनिधिले पैसा खाए भन्दिन सजिलो छ । कति दुख गरेर काम गरेका छन् । गुन मान्नु छैन । गुन मान्नुको सट्टा , कदर गर्नुको सट्टा अपमान गर्नु , संदेश पैदा गर्नु , हत्तोत्साही गर्नु किञ्चित उपयुक्त हुदैन । कोरोनाको खर्च मात्रै होइन बजेटको १ ÷१ रुपैयाको हिसाब किताब महालेखापरीक्षकको बार्षिक प्रतिवेदन मार्फत सदनमा आउँछ । यसमा कतै अनियमितत भयो भने त्यसका पछाडि विभिन्न निकायहरु छन् । त्यसको रेखदेख गर्ने । नियालेर हेर्ने, नियमितता अनियमति हेर्ने निकायहरु छन् तीनले काम गरिरहेका छन् । त्यसकारण यस्तो ठान्न भएन कि म बाहेक अरु सबै भ्रष्ट छन् । भ्रष्ट बाहेक कोही जन्मदै जन्मदैनन् भन्ने पनि ठान्न भएन । सरकारमा वा ओहोदामा बसेकाहरुलाई जसरी पनि बद्नाम गर्नुपर्छ । जसरी पनि चरित्र हत्या गर्नुपर्छ भन्ने नियत पनि राख्न भएन । सबै कुरा पारदर्शी छन् । पारदर्शी हुन्छन् । कसैलाई भ्रष्टाचार गर्न दिईदैन । ”

उहाँले सरकारले जे गदौ पनि विरोध गर्नुपर्छ भन्ने मानसिकता देखिएको उल्लेख गर्र्दै देश पीडीत भएका बेला पनि कसैले भ्रष्टाचार गर्छ भने त्यस्तालाई कडा सँजाय गरिने प्रतिवद्धता दोहोर्याउनुभयो ।

उहाँले भन्नुभयो “सामान किन किनिएन ? सामान छिटो किन्नुपर्यो नि यस्तो बेलामा । अनि छिटोबाटोबाट किने पछि खै टेण्डरको प्रक्रिया पुरा गरेको मिलेभगत गरेर खाईयो यहाँ । यस्तो खालको कुरा हुन भएन । यस्तो बेला छोटो प्रक्रियाबाटै गर्ने हो । ”

इनअफ इज इनअफ के हो त्यो ?

प्रधानमन्त्रीले कोरोना संक्रमण नियन्त्रण र रोकथाम प्रभावकारी नभएको, सामाना खरिदमा भ्रष्टाचार भएको तथा परीक्षण सम्बन्धी सरकारको कार्यनीतिको विरोधमा हुदै आएको विरोध प्रर्दशन प्रति पनि कटाक्ष गर्नुभयो ।

उहाँले भन्नुभयो “एउटा शब्द आजकल चलेको छ । इनअफ भन्ने । सबैलाई कण्ठ भईसकेको शब्द । इन अफ ।  मैले सडकमा पनि प्ले कार्ड हेरँ । कोभिड १९ इन अफ इज इन अफ । के हुन्छ यसको अर्थ भनी मैले खोजी हेरेँ । कोभिड १९ इज मोर देन इन अफ । यो आउनै नहुने । कसरी आयो ? आउनै नहुने । निषेध गर्न खोज्यौ । रोक्न खोज्यौ तर पनि आयो । यो इन अफ मात्रै होइन हद भन्दा पनि बढी भो यो । चाहिदै नचाहिएको आउनै नहुने कुरा आयो । यो त सबैले मानेकै छ । इन अफ इज इनअफ के हो त्यो ? यो सरकारले ल्याएको त होइन । ”

रुकुम घटना

उहाँले रुकुमपश्चिको घटनामा संलग्नलाई नियन्त्रणमा लिएर मुद्दा चलाउने  काम भएको भन्दै सो घटनालाई लिएर सरकारको आलोचना गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “यसमा सरकारमाथि हमला गर्नुपर्ने विषय । सरकारले त्यसरी त्यहाँ घटना गराएको हो र ? सरकार तत्काल मानिसहरु गिरफ्तार गरेको छ । मुद्दा चलाएको छ । थुनेको छ । अब गर्नुपथ्र्यो के त सरकारले ? अपराधी बचाउन खोजेको छ र सरकारले ? गिरफ्तार गर्न लापरवाही गरेको छ र सरकारले ? अथवा त्यो घटना राम्रो भयो भनेको छ र ? अथवा सामान्य घटना हो भेनेको छ र सरकारले ? यस्तो हुनु ठूलो कुरा होइन भनेको छ  र ? अनि यसमा सरकारको आलोचना गर्नुपर्ने ठाउँ कहाँनेर छ ?”

 क्वारेन्टीनमा महिला बलात्कार हुनु

प्रधानमन्त्री ओलीले सुरक्षार्थ राखिएकै बाट क्वारेन्टाईनमा रहेकी महिलामाथि बलात्कार हुनु निन्दनीय घटना भएको भन्दै घटनामा संलग्नलाई हदै सम्मको कारवाही गर्ने प्रतिवद्धता जनाउनुभयो । सुरक्षाका लागि खटिएकै बाट कुकर्म भएको भन्दै उहाँले अक्षम्य घटनाका दोषीलाई क्षमा  गर्न नसकिने  बताउनुभयो ।

उहाँले विश्व स्वास्थ्य संगठनको मान्यता अनुसारको क्वारेन्टीन हुनुपर्ने भएपनि सिमित स्रोत र साधनका कारण त्यसो गर्न नसकिएको बताउनुभयो ।

प्रधानमन्त्री आफै शक्तिशाली

उहाँले प्रधानमन्त्री आफैमा शक्तिशाली भएकाले कुनै विभाग ल्याएर थप शक्ति केन्द्रीत गर्नु आवश्यक नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “कार्यकारी अधिकार मन्त्रीपरिषद्मा निहित हुन्छ । त्यो मन्त्रीपरिषद्मा निहित त्यसको अन्तिम फैसला फेरि पनि प्रधानमन्त्रीमा हुन्छ । तसर्थ प्रधानमन्त्रीलाई शक्ति आर्जन गर्नका निम्ति एउटा विभाग टिपेर आफ्नो मातहत ल्याउनुपर्ने हुदैन । सिंगै विभाग , सिंगै मन्त्रालयहरु प्रधानमन्त्रीकै मातहतमा हुने गर्छन् । त्यसकारण यो भ्रम कतै रहनुपर्ने आवश्यकता छैन । यो विभाग प्रधानमन्त्रीले आफूमा शक्ति केन्द्रीत गर्नका लागि भनेर । कार्यकारी शक्ति प्रधानमन्त्रीमा स्वतः केन्द्रीत हुन्छ यस प्रणालीमा । यो कुनै शक्ति केन्द्रीत गर्नका लागि होइन । कामहरुको प्रभावकारी संयोजन ,परिचालन, अनुगमन, निरीक्षणका लागि त्यस्ता विभागहरु कहिलेकाही प्रधानमन्त्री कहिलेकाही प्रधानमन्त्रीका मातहत ल्याईन्छन् ।  ”

उहाँले प्रधानमन्त्री कार्यालय मातहत कुनै पनि शिर्षकमा अनुपयुक्त बजेट विनियोजन नगरिएको स्पष्ट पार्नुभयो । उहाँले विगत २ बर्षमा सरकारले असाधारण र अभूतपुर्व प्रगती गरेको पनि दोहोर्याउनुभयो ।

राष्ट्रिय एकताका लागि धन्यवाद

उहाँले राष्ट्रियसभाले अतिक्रमित भुभाग समेटीएको नक्सा अनुसार निशान छाप संशोधनका लागि सरकारले ल्याएको संविधान दोश्रो संशोधन विधेयकमा व्यापक राष्ट्रिय सहमति र एैक्यवद्धता देखिएकोमा धन्यवाद दिनुभयो । राष्ट्रिय महत्वको विषयमा सदनले देखाएको अभूतपुर्वक एकताले देशलाई परेको बेला नेपाल र नेपालीहरु एक ठाउँमा उभिन्छन् भन्ने संदेश दिएको  उल्लेख गर्नुभयो ।