१५ असार २०८३, सोमबार
,
Latest
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एयरलाइन्सका थप एक जना पाइलट र तीन जना उडान कर्मचारीमा कोरोना पोजिटिभ



अ+ अ-

नेपाल एयरलाइन्सका थप एक जना पाइलट र तीन जना उडान कर्मचारीमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको छ। पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। अहिले संक्रमित चार जनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लाने तयारी गरिएको छ। उनीहरू होटल सोल्टीमा क्वारेन्टिनमा बसेका थिए।

यसअघि पनि एयरलाइन्सका तीन जना पाइलटसहित नौ जनामा संक्रमण पुष्टि भएको थियो। उनीहरू सबै सशस्त्र प्रहरी अस्पतालमा उपचाररत् छन्।

एयरलाइन्सले आफ्ना पाइलटसहित उडान कर्मचारीलाई सोल्टी होटलमा क्वारेन्टिनमा राख्दै आएको छ।