१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

सङ्घीयता कार्यान्वयनसँग जोडिएका ४० बढी कानून पारित गर्ने कुरा सरकारको प्राथमिकतामाः गगन थापा

सङ्घीयता कार्यान्वयनसँग जोडिएका ४० बढी कानून पारित गर्ने कुरा सरकारको प्राथमिकतामाः गगन थापा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान कार्यान्वयनसँग जोडिएका कानून चाँडो पारित गर्ने विषय सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संविधान कार्यान्वयनसँग जोडिएका कानूनहरूलाई पारित गर्न सरकारको मात्रै पहलकदमीले नपुग्ने बताउनु भयो । उहाँले कानूनहरूलाई पारित गर्न सरकार, संसद र संसदीय समितिहरूले सँगसँगै काम गर्नुपर्नेमा जोड दिनुभयो । महामन्त्री थापाले शिक्षा विधेयक, प्रहरी विधेयकलगायतका सङ्घीयता कार्यान्वयनसँग जोडिएका करिव ४० वटा विधेयकहरू पारित गर्नुपर्ने सरकारमाथि चुनौती रहेको बताउनु भयो । उहाँले सरकारमा रहेका मन्त्रीहरूका शासकीय लक्ष्यहरूलाई पूरा गर्न मद्दत पुग्ने तीस बढी कानून पारित गर्नुपर्ने आवश्यकता रहेको बताउँदै संसद्को सक्रियता बढाउनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो सरकारले अहिले आफ्नो कामहरूको मुख्य प्राथमिकतामा संविधान कार्यान्वयनसँग जोडिएका कानुनहरूलाई चाँडोभन्दा चाँडो पारित गर्ने विषय राखेको छ । यही अनुसार पहलकदमी लिइएको छ । यसका निम्ति सरकारले पहलकदमी लिएर मात्रै हुँदैन । संसद र संसदीय समितिहरूले सँगसँगै काम गर्नुपर्नेछ । शिक्षा विधेयक, प्रहरी विधेयक लगायतका करिब करिब ४० वटा सङ्घीयता कार्यान्वयनसँग जोडिएका विधेयकहरू पारित गर्नुपर्नेछ । अस्ति एक पटक सरकारका मन्त्री ज्युहरूसँग बसेर तपाईँहरूले तत्काल काम गर्न आवश्यक ठान्नुभएको, जुन कामहरूले तपाईँहरूले लिएका शासकीय लक्ष्यहरू पूरा गर्न मद्दत पुग्छ, ती कानुनहरू कति वटा तुरुन्तै पारित गर्नुपर्दै गर्दा कति वटा कानुनहरू हुन्छ भनेर छलफलमा बस्दा करिब करिब ३० वटा भन्दा बढी कानुनहरू आउने रैछन् । यसलाई हामीले पास गर्नुपर्नेछ । हाम्रो संसद्को सक्रियता यति धेरै बढाउनुपर्नेछ ।”

उहाँले समयमै कानून नबनाउनुमा सरकार, संसद् र संसदीय समिति सबै दोषी रहेको धारणा राख्नुभयो ।