२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीयता कार्यान्वयनसँग जोडिएका ४० बढी कानून पारित गर्ने कुरा सरकारको प्राथमिकतामाः गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान कार्यान्वयनसँग जोडिएका कानून चाँडो पारित गर्ने विषय सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संविधान कार्यान्वयनसँग जोडिएका कानूनहरूलाई पारित गर्न सरकारको मात्रै पहलकदमीले नपुग्ने बताउनु भयो । उहाँले कानूनहरूलाई पारित गर्न सरकार, संसद र संसदीय समितिहरूले सँगसँगै काम गर्नुपर्नेमा जोड दिनुभयो । महामन्त्री थापाले शिक्षा विधेयक, प्रहरी विधेयकलगायतका सङ्घीयता कार्यान्वयनसँग जोडिएका करिव ४० वटा विधेयकहरू पारित गर्नुपर्ने सरकारमाथि चुनौती रहेको बताउनु भयो । उहाँले सरकारमा रहेका मन्त्रीहरूका शासकीय लक्ष्यहरूलाई पूरा गर्न मद्दत पुग्ने तीस बढी कानून पारित गर्नुपर्ने आवश्यकता रहेको बताउँदै संसद्को सक्रियता बढाउनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो सरकारले अहिले आफ्नो कामहरूको मुख्य प्राथमिकतामा संविधान कार्यान्वयनसँग जोडिएका कानुनहरूलाई चाँडोभन्दा चाँडो पारित गर्ने विषय राखेको छ । यही अनुसार पहलकदमी लिइएको छ । यसका निम्ति सरकारले पहलकदमी लिएर मात्रै हुँदैन । संसद र संसदीय समितिहरूले सँगसँगै काम गर्नुपर्नेछ । शिक्षा विधेयक, प्रहरी विधेयक लगायतका करिब करिब ४० वटा सङ्घीयता कार्यान्वयनसँग जोडिएका विधेयकहरू पारित गर्नुपर्नेछ । अस्ति एक पटक सरकारका मन्त्री ज्युहरूसँग बसेर तपाईँहरूले तत्काल काम गर्न आवश्यक ठान्नुभएको, जुन कामहरूले तपाईँहरूले लिएका शासकीय लक्ष्यहरू पूरा गर्न मद्दत पुग्छ, ती कानुनहरू कति वटा तुरुन्तै पारित गर्नुपर्दै गर्दा कति वटा कानुनहरू हुन्छ भनेर छलफलमा बस्दा करिब करिब ३० वटा भन्दा बढी कानुनहरू आउने रैछन् । यसलाई हामीले पास गर्नुपर्नेछ । हाम्रो संसद्को सक्रियता यति धेरै बढाउनुपर्नेछ ।”

उहाँले समयमै कानून नबनाउनुमा सरकार, संसद् र संसदीय समिति सबै दोषी रहेको धारणा राख्नुभयो ।