१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त

अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त
अ अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अनेकताभित्र एकता खोज्नु नै संसदीय व्यवस्थाको सौन्दर्य भएको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सांसदहरुबीच मतभिन्नता, विविधताहरू आफ्ना ठाउँमा रहे पनि विविधता भित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्य भएको बताउनु भयो । उहाँले संसदीय व्यवस्थाको सौन्दर्यले अनेकतालाई चौडा पारेर असहमतिको बाटोतिर मुलुकलाई नलैजाने जिकिर गर्नुभयो । मन्त्री पन्तले संसद्मा चर्काचर्की बहस गर्ने र संसद बाहिर सँगै बसेर चिया खाने गरेको बताउँदै संसदको भित्रको चर्काचर्कीलाई कतिपयले नाटकको रूपमा लिने गरेको बताउनु भयो । उहाँले संसद्मा देखिने नाटक नै हो भन्दै संसारभरका कवि तथा लेखकहरूले व्यङ्ग्य गर्ने गरेको बताउँदै यो नै संसदीय प्रणाली तथा प्रक्रियाको विशेषता र सौन्दर्य रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा मतभिन्नता, विविधताहरू आफ्ना ठाउँमा छन् । संसदीय व्यवस्थाको सौन्दर्य के हो भन्दा खेरी त्यसले अनेकताभित्र एकता खोज्छ । विविधता भित्र एकता खोज्छ । अनेकतालाई चौडा पारेर असहमतिको बाटोतिर मुलुकलाई लैजाँदैन । हाम्रो देख्छौँ नि त, हाम्रो क्यारेक्टर कस्तो भन्दा खेरी तिमिहरू नाटक गर्छौं कि क्या हो भनेर मेरो भतिजाले सोध्थ्यो । भित्र चर्काचर्की बहस गर्ने, बाहिर तिनीहरू नै बसेर चिया खाने, भित्रको त नाटक होला नि भन्थ्यो । मान्छेहरूलाई त्यो पनि पर्न सक्छ । कतिपय त्यसमा संसारभरका कवि तथा लेखकहरूले व्यङ्ग्य पनि गरेर लेखेका छन्, फुल हाउसमा देखाउने यिनीहरूको नाटक हो भनेर । तर, संसदीय प्रणाली र प्रक्रियाको विशेषता पनि त्यही हो र सौन्दर्य पनि त्यहीँ हो ।”

उहाँले आफूहरू संसदीय विशेषता र सौन्दर्यताको गहिराइमा जानुपर्नेमा समेत जोड दिनुभयो ।