२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना ला लिगा च्याम्पियन



अ+ अ-

काठमाडौँ । जारी सिजनको स्पेनिस शिर्ष लिग ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ । गएराति भएको खेलमा इस्पान्योललाई २–० गोलले हराउँदै बार्सिलोना दुई खेल अगावै च्याम्पियन बनेको हो ।

शीर्षस्थानको बार्सिलोनाको ३६ खेलबाट ८५ अंक छ भने दोस्रो स्थानको रियल मड्रिडको समान खेलबाट ७८ अंक छ । अबका खेल हारेपनि बार्सिलोनालाई रियलले भेट्न सक्दैन ।

बार्सिलानालाई जित दिलाउन खेलको ५३ औं मिनेटमा लामिन यामलले तथा ९०+५ औं मिनेटमा फेर्मिन लोपेजले गोल गरे । बार्सिलोनाको यो २८ औं ला लिगा उपाधि हो ।