१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र मिश्रलाई हतकडीबिनै सर्वोच्चमा हाजिर गराइयो, शुक्रबार पेसी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

मिश्रलाई बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइका लागि अदालत लगिएको हो ।

सारिका कार्कीले दायर गरेको रिटमा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो ।

सोही अनुसार उनलाई बिहीबार अदालत उपस्थित गराइएको हो । मुद्दामा शुक्रबार पेसी तोकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयलाई महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गरेपछि मिश्रको बयान सुरु हुनेछ ।

मिश्रलाई हतकडी बिनै सर्वोच्च परिसर लगिएको थियो । यसअघि तीनकुने घटनामा म्याद थपका लागि जिल्ला अदालत लैजाँदा उनलाई हतकडीसहित लगिएको थियो ।