१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय विदेशमन्त्रीको भनाई प्रति नेपाली काँग्रेसको आपत्ति



अ+ अ-

काठमाडाैंः भारतीय विदेशमन्त्री एस जयसंकरले भगवान गौतम बुद्धका बारेमा दिएको अभिव्यक्ति प्रति नेपाली काँगेसले आपत्ति जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै भगवान बुद्ध नेपालमा जन्मिएका हुन्, त्यो भूभाग आजको नेपालमा रहेकोे पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति रहेको स्पष्ट पार्न चाहन्छाैं भनेका छन् ।

उनले आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य हाम्रा लागि किमार्थ स्वीकार्य नहुने भन्दै शर्माले आवेगको जवाफमा आवेग दुवै देशको हितमा नभएको बताएका छन् ।

शर्माले भनेका छन्, राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन्, मूल विषय मोड्न सक्छन् तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन् ।

उनले अगाडि भनेका छन्, बुद्ध नेपालमा जन्मिएका हुन् भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले मागेका छैनौं भन्दै भारतीय भूमिबाट विगतमा आएका टिप्पणी पनि नेपाल बुद्धभूमी हो भनेर स्वयं भारतीय प्रम नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भैसकेको हो, फेरिपनि आपत्तिजनक टिप्पणी अत्यन्तै दुःखद छ ।