१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न समितिका सभापतिद्धारा सपथ ग्रहण



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिहरुका नवनिर्वाचित सभापतिहरुले आज सपथ ग्रहण गरेका छन् । 

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सभापतिहरुलाई आज सपथ ग्रहण गराउनुभएको हो । चारवटै विषयगत समितिहरुमा गत शुक्रबार निर्विरोध निर्वाचित भएका सभापतिहरुलाई आज राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले सपथ गराउनुभएको हो । सपथ ग्रहणपछि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले कोरोना संकट रहेकै बेला संसद पनि बन्द रहेको अवस्थामा समितिको काम कारवाही प्रभावकारी बनाउनु चुनौती रहेको बताउनुभयो । सरकार संसदप्रति उत्तरदायी, जवाफदेही बनाउन सक्रियता पूर्वक काम गर्ने समयमा महामारीले केही असर गरेपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर काम गर्नुपर्ने चुनौती रहेको उहाँले बताउनभुयो ।

राष्ट्रिय सरोकार समन्वय समिति सभापति दिलकुमारी थापा रावलले विगत २ वर्षको अनुभवका आधारमा सरकारलाई जवाफदेही बनाउने हिसाबले प्रभावकारी रुपमा अगाडी बढ्ने बताउनुभयो ।

गत विहिबार भएको मनोनयनमा दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी र राष्ट्रिय सरोकार समन्वय समितिमा दिलकुमारी थापा रावल (पार्वती) को मनोनयन परेको थियो । सबै समितिहरुमा एक एक जनाको मात्रै मनोनयन परेकाले निर्विरोध निर्वाचित भएका थिए ।