१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका ६१ सांसदको भनाइ : टाउका गनेर पार्टी विभाजन गर्ने सपना नदेखे हुन्छ



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरुले पार्टी फुटन नदिने प्रतिवद्धता जनाएका छन् । सांसदहरुले सिंहदरबारमा पत्रकार सम्मेलन गरी पार्टी एकताको पक्षमा प्रतिवद्धता जनाएका हुन् ।

पार्टी भित्र देखिएको संकट समाधानको लागि नेतृत्व तहलाई दबाब दिन र पार्टी एकतालाई थप सुदृढ बनाउन कतै पनि विभाजित नभई एकताको पक्षमा उभिएको भन्दै हस्ताक्षर गरी प्रतिवद्धता जनाएका हुन् । सांसदहरुले आफुहरु तीन वटै नेतालाई भेटन जाने नभई तीन वटै नेताहरुलाई भेटन आउने बनाउने बताएका छन् । सांसदहरुको हस्ताक्षरलाई विशेष अधिवेसन बोलाउन गरिएको अभियानका रुपमा नबुझ्न समेत आग्रह गरेका छन् । 

सांसदहरुको टाउको गनेर पार्टी विभाजन गर्ने सपना देख्ने नेताहरुको सपना पुरा हुन नदिन अभियान थालिएको सांसदहरुले स्पस्ट पारेका छन् । उनीहरुले पार्टी अहिले चौथो युगमा प्रवेश गरिसकेको र पाँचौ युगलाई हस्तान्तरण गर्ने अवस्थामा सांसदहरुलाई कित्तामा विभाजन नगर्न समेत नेतृत्वलाई चेतावनी दिएका छन् । उनीहरुले पार्टी फुटाउने गरी दुर्भाग्यपूर्ण स्टेप नचाल्न र कार्यकर्तालाई त्यसमा प्रोत्साहन नगर्न समेत आग्रह गरे । विचार धारा, वैचारिक र संगठनात्मक हिसाबले सुदृढ कम्युनिष्ट पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न लागेको हो की पार्टीलाई टुटफुट र ध्वंस गरेर खरानी मात्रै बुझाउन लागेको हो भन्दै सांसदहरुले प्रश्न समेत गरेका छन् । उनीहरुले नेतृत्वले समस्या समाधान नगरे हस्तक्षेप सम्मगर्न सक्ने बताएका छन् । 

हस्ताक्षर अभियान पार्टीका सचिवालय सदस्य, स्थायी कमिटी सदस्य र मन्त्री बाहेकका संघीय संसदमा रहेका सांसदहरुको अभियान रहेको पनि सांसदहरुले स्पस्ट पारेका छन् । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि पार्टीको ध्यान जानुपर्नेमा सत्ता र पद एवं व्यक्तिगत इच्छाका लागि लडाई गरेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । नेतृत्वले पार्टी निर्माण एकीकरणका लागि गरेको योगदानलाई सम्मान गर्ने तर व्यक्तिगत इच्छाका लागि गरेको संघर्षमा साथ नदिने पनि सांसदहरुले स्पस्ट पारेका छन् ।