१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाखौँ भुरा निर्यात गर्दै मत्स्य प्रवर्द्धन केन्द्र



अ+ अ-

हेटौँडा। प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडामा उत्पादित माछाका भुरा बागमती प्रदेशको विभिन्न जिल्लाका पर्याप्त भएर मधेस प्रदेश र भारतसम्म पठाउने गरिएको छ । केन्द्रका प्रमुख सरोजकुमार यादवका अनुसार खपत भएर बाँकी रहेको भुरा मधेस प्रदेश र भारतमा बिक्री गर्ने गरिएको हो ।

प्रमुख यादवका अनुसार केन्द्रमा दुई करोड ह्याचलिङ, १० लाख फ्राई, लाख फिङ्गर आकारको माछाको भुरा एक वर्षमा उत्पादन हुने गरेका छन् । जसमध्ये करिब ५२ लाख भुरा बागमती प्रदेशमा खपत हुँदैनन् । ती बढी हुने माछाका भुरा मधेस प्रदेश र भारततर्फ पठाउने गरेको जानकारी दिनुभयो । केन्द्रमा हाल कमनकार्पको भुरा उत्पादन गरिरहेको र अब एक महिनापछि ग्रास, रहु, नैनी, बिगहेड र सिल्भर कार्प उत्पादन गरिने उहाँले जानकारी दिनुभयो ।

नेपालको नदी ताल, तलैयाका लागि भने केन्द्रले सहर र गर्दी माछाको भुरा उत्पादन गरेर खोलामा तथा प्राकृतिक जलाशयमा छाड्ने गरेको छ । प्रमुख यादवले भन्नुभयो, “हामी खोला नालामा अध्ययन अनुसन्धान गर्दैछौँ, अनुसन्धानकै आधारमा सहर र गर्दी माछा उल्पादन गरेका हौँ ।” केन्द्रको ४३ वटा पोखरीमा कमल, मखना, सिंगडा रोपेर पोखरीको बहुउपयोगसँगै राजस्व वृद्धि गर्ने योजना छ । गत आर्थिक वर्षमा एक लाखको बाख्रापालन गरेकामा यस आर्थिक वर्षमा केराखेतीसमेत गर्न लागिएको प्रमुख यादवको भनाइ छ ।

बागमती प्रदेशमा खपत भएर बाँकी रहेका माछाको भुरालाई मधेस प्रदेश पठाउने र त्यसमा पनि बाँकी बसेपछि भारततर्फ पठाउने गरिएको उहाँको भनाइ छ । चारदेखि पाँच हजार मेट्रिकटन भारतबाट आयात भए पनि १५ देखि २० हजार मेट्रिकटन माछा भारत नै जाने गरेको उहाँको दाबी छ । यद्यपि भन्सार भएर र मूल्य तोकिएर पठाउन नसकिएका कारण स्पष्ट तथ्याङ्क नभेटिने उहाँले बताउनुभयो ।

काकबेन बाँधेर माछा राखेको तीन दिनमा भुरा उत्पादन हुने र नौँ दिनमा बेचिसकिने प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रका कर्मचारी घनश्यामसिं ठकुरीले बताउनुभयो । उहाँहरू यतिबेला माछाको भुरा उत्पादनको लागि खटिरहनुभएको छ ।