८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

लाखौँ भुरा निर्यात गर्दै मत्स्य प्रवर्द्धन केन्द्र

लाखौँ भुरा निर्यात गर्दै मत्स्य प्रवर्द्धन केन्द्र
अ+ अ-

हेटौँडा। प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडामा उत्पादित माछाका भुरा बागमती प्रदेशको विभिन्न जिल्लाका पर्याप्त भएर मधेस प्रदेश र भारतसम्म पठाउने गरिएको छ । केन्द्रका प्रमुख सरोजकुमार यादवका अनुसार खपत भएर बाँकी रहेको भुरा मधेस प्रदेश र भारतमा बिक्री गर्ने गरिएको हो ।

प्रमुख यादवका अनुसार केन्द्रमा दुई करोड ह्याचलिङ, १० लाख फ्राई, लाख फिङ्गर आकारको माछाको भुरा एक वर्षमा उत्पादन हुने गरेका छन् । जसमध्ये करिब ५२ लाख भुरा बागमती प्रदेशमा खपत हुँदैनन् । ती बढी हुने माछाका भुरा मधेस प्रदेश र भारततर्फ पठाउने गरेको जानकारी दिनुभयो । केन्द्रमा हाल कमनकार्पको भुरा उत्पादन गरिरहेको र अब एक महिनापछि ग्रास, रहु, नैनी, बिगहेड र सिल्भर कार्प उत्पादन गरिने उहाँले जानकारी दिनुभयो ।

नेपालको नदी ताल, तलैयाका लागि भने केन्द्रले सहर र गर्दी माछाको भुरा उत्पादन गरेर खोलामा तथा प्राकृतिक जलाशयमा छाड्ने गरेको छ । प्रमुख यादवले भन्नुभयो, “हामी खोला नालामा अध्ययन अनुसन्धान गर्दैछौँ, अनुसन्धानकै आधारमा सहर र गर्दी माछा उल्पादन गरेका हौँ ।” केन्द्रको ४३ वटा पोखरीमा कमल, मखना, सिंगडा रोपेर पोखरीको बहुउपयोगसँगै राजस्व वृद्धि गर्ने योजना छ । गत आर्थिक वर्षमा एक लाखको बाख्रापालन गरेकामा यस आर्थिक वर्षमा केराखेतीसमेत गर्न लागिएको प्रमुख यादवको भनाइ छ ।

बागमती प्रदेशमा खपत भएर बाँकी रहेका माछाको भुरालाई मधेस प्रदेश पठाउने र त्यसमा पनि बाँकी बसेपछि भारततर्फ पठाउने गरिएको उहाँको भनाइ छ । चारदेखि पाँच हजार मेट्रिकटन भारतबाट आयात भए पनि १५ देखि २० हजार मेट्रिकटन माछा भारत नै जाने गरेको उहाँको दाबी छ । यद्यपि भन्सार भएर र मूल्य तोकिएर पठाउन नसकिएका कारण स्पष्ट तथ्याङ्क नभेटिने उहाँले बताउनुभयो ।

काकबेन बाँधेर माछा राखेको तीन दिनमा भुरा उत्पादन हुने र नौँ दिनमा बेचिसकिने प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रका कर्मचारी घनश्यामसिं ठकुरीले बताउनुभयो । उहाँहरू यतिबेला माछाको भुरा उत्पादनको लागि खटिरहनुभएको छ ।