२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनू सुदको ‘फतेह’ले दोस्रो दिन ‘पुष्पा २’ बराबर कमायो



अ+ अ-

एजेन्सी । सोनू सुदको एक्शन प्याक फिल्म ‘फतेह’ सिनेमाघरमा आएको छ । फिल्मले बक्स अफिसमा रामचरणको राजनीतिक नाटक ‘गेम चेन्जर’सँग भिड्दैछ । यतिमात्र नभएर डिसेम्बरमा रिलिज भएको ‘पुष्पा २’सँग पनि प्रतिष्पर्धा गर्दै छ ।

सोनू सुदको फिल्मले बक्स अफिसमा सुस्त ओपनिङ गरेको थियो । विकेन्डबाट निर्माताले धेरै अपेक्षा गरेका थिए तर दोस्रो दिन ‘फतेह’को कलेक्शन झनै घट्यो र ‘पुष्पा २’को बराबरीमा रह्यो ।

स्याकनिल्कको रिपोर्ट अनुसार जनवरी १० मा रिलिज भएको ुफतेहु ले पहिलो दिन २.४ करोड कमाएको थियो भने दोस्रो दिन २ करोड मात्रै कमायो । यो फिल्मले दुई दिनमा कुल ४.४ करोडको व्यापार गरेको छ ।

अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा २’ ले भएको ३८ दिनमा करोडौँ कमाईरहेको छ । शनिबार ‘पुष्पा २’ ले भारतीय बक्स अफिसमा ‘फतेह’ बराबरको कमाई गरेको छ । ‘फतेह’ र ‘पुष्पा २’ ले बराबर २ करोड कमाएको छ ।

सोनू सुद अभिनित फिल्म ‘फतेह’ को निर्देशन सुद आफैले गरेका हुन् । चलचित्रलाई शक्तिसागर प्रोडक्सन र जी स्टुडियोले निर्माण गरेका हुन् । सोनु सूद र ज्याकलिन फर्नान्डिस ‘फतेह’ मा मुख्य भूमिकामा देखिएका छन् । यससँगै विजय राज र नसिरुद्दीन शाहले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।