१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु शेखरले एसियाली आइटीएफमा खेल्ने सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयल निगमले नयाँ कार्य योजनाको खोजि गर्न आवश्यकः उद्योगमन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमले नयाँ कार्य योजनाको खोजि गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार नेपाल आयल निगम लिमिटेडको ५५ औं वार्षिकोत्सव समारोहमा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल आयल निगमको हरेक वर्ष व्यापार घट्दो अवस्थामा रहेको भन्दै पेट्रोलियम ग्यास बाहेक अन्य व्यवसायको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निगमले व्यापारको नयाँ विकल्प खोज्न जरुरी देखिएको उल्लेख गर्नुभयो । उहाँले ५५ वर्ष पूरा गरेर अर्बको नाफा कमाउने र लाभांश बाँड्ने मात्रै भन्दा पनि आगामी दिनको यात्रामा आउने चुनौति लगायतका विषयलाई लिए नयाँ कुराको खोजि गर्न आवश्यक रहेको बताउनु भयो ।

मन्त्री भण्डारीले निगमले तेल मात्रै बेचेर मुनाफामा रमाउने कुरा लामो समयसम्म नरहने बताउनु भयो ।  उहाँले पेट्रोलियम पदार्थको विल्कपको सिर्जना भएकाले अब निगमको प्रवन्धपत्रसँग जोडिएका अधिकार क्षेत्रहरुमा पर्ने नयाँ खालको काम खोज्ने कार्ययोजना बनाउन निगम नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले नयाँ कार्यको खोजि गरिएन भने तेलमात्रै बेचेर संस्था खुम्चँदै धरापमा पर्न जाने बताउनु भयो । उहाँले निगमको ग्राफलाई बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले अत्यावश्यक वस्तुको ढुवानी,व्यवस्थापन,वितरण र व्यवसायीकतामा निगमले सफलता पाएपनि बाहिरबाट हेर्ने दृष्टिकोण फरक रहेको बताउनु भयो । उहाँले निगम अत्यावश्यक वस्तुको सेवामा भरपर्दो संस्था भएकाले निगमलाई नयाँ ढङ्गमा लैजान कार्ययाजना बनाउन आवश्क देखिएको उल्लेख गर्नुभयो । उहाँले प्रट्रोलियमसँगै जोडिएको एलपीजी ग्यासलाई पनि पाइपलाइनबाट बोटलिङ गरी गुणस्तर र भरपर्दो बनाउने विषयलाई पनि प्रश्ताव चाँडै निर्णय हुने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपाल आयल निगमको हरेक वर्ष व्यापार घट्दो अवस्थामा छ । व्यापारको नयाँ विकल्प खोज्न जरुरी देखिन्छ । ५५ वर्ष पूरा गरे अर्बको नाफा ग¥यौं,लाभांस बाँड्यौं भन्दा पनि आगामी दिनको यात्रामा आउने चुनौति लगायत नयाँ कुराको खोजि गर्नु आवश्यक छ । तेल मात्रै बेचेर मुनाफा कमाएर रमाउने धेरै लामो समय छैन । निगमको प्रवन्धपत्रसँग जोडिएका अधिकार क्षेत्रहरुमा पर्ने नयाँ खालको काम खोज्न वाञ्छनीय ठान्दछु । नयाँ कार्यको खोजि गरिएन भने तेलमात्रै बेचेर संस्था खुम्चिएर संस्था धरापमा पर्न जान्छ । निगमको ग्राफलाई बढाउन आवश्व छ । निगमप्रतिको आम मानिसहरुको बुझाई राम्रो देखिँदैन । अत्यावश्यक वस्तुको ढुवानी,व्यवस्थापन,वितरण र व्यवसायीकतामा सफलता पाएपनि बाहिरबाट हेर्ने दृष्टिकोण फरक पाइएको छ । निगम अत्यावश्यक वस्तुको सेवामा भरपर्दो संस्था हो । निगमलाई नयाँ ढङ्गमा लैजान कार्ययाजना बनाउन आवश्क छ । प्रट्रोलियमसँगै जोडिएको एलपीजी ग्याँसलाई पनि पाइपलाइनबाट बोटलिङ गरी गुणस्तर र भरपर्दो बनाउने विषयलाई पनि प्रस्श्ताव चाँडै निर्णय हुने अवस्था छ ।’

उहाँले सरकारले पेट्रोलियम पदार्थमा इथानोल प्रविधिलाई भित्र्याउन खोजिएको बताउनु भयो । उहाँले पेट्रोलिय पदार्थमा इथानोललाई मिश्रण गर्ने सरकारको तयारी रहेको बताउनु भयो ।