२६ पुष २०८१, शुक्रबार
,
Latest
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउनूस्ः स्वास्थ्य मन्त्रालय ‘आला कार्ट’ मूल्य प्रणालीसम्बन्धी विवाद समाधान गर्न निर्देशन विद्यमान नीतिलाई सहजिकरण गर्नसके मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनसक्छः अध्यक्ष ढकाल कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुने’ प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता विपिनको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग अपिल जीपको ठक्करबाट एक जनाको मृत्यु वैदेशिक रोजगारी त्यागेर जुनारखेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्को वर्षदेखि आँखा उपचारसँग जोडिने चश्माको भ्याट र भन्सार लिँदैनौँः स्वास्थ्यमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रिय सभाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले चश्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिमबाट जोडिने भएको उल्लेख गर्दैै उपचारसँग सम्बन्धित चश्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आगामी वर्षदेखि गर्ने घोषणा गर्नुभयो । उहाँले उपचारात्मक सन्दर्भमा बाहिरबाट आउने सहयोग र किनेर ल्याउने सामग्रीहरुको भन्सार छुट गर्ने व्यवस्था रहेको बताउनु भयो । आँखाको उपचार सम्बन्धी उपकरण थप गर्ने र भौतिक पूर्वाधार व्यवस्थित गर्ने सन्दर्भमा सबै मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपकरण उपलब्ध गराउने कुरा, पूर्वाधार व्यवस्थित गर्नेकुरा पनि महत्वपूर्ण विषय हो । उपकरण उपलब्ध गराउने सन्दर्भमा यहाँहरुले सञ्चालन गर्नुभएका स्वास्थ्य संस्थाहरुमा, उपचार संस्थाहरुमा उपकरण उपलब्ध गराउन हामी संयुक्त ढंगबाट काम गराँै । उपकरण थप गर्ने र व्यवस्थित गर्ने हामीले कोशिस गरौँ । पूर्वाधार विकासमा पनि व्यवस्थित गर्नेगरी हामीले अघि बढौँ । ठूला ठूला भवन भन्दा साना साना व्यवस्थित पूर्वाधार बनाएर हामी अघि बढ्नुपर्छ । चश्माको कुरा गर्नुभएको छ । चश्मा दुई प्रकारको हुन्छ । एउटा फेसनसँग जोडिएको पनि हुन्छ । अर्को आँखासँग जोडिएको हुन्छ । आँखासँग जोडिएको उपचारको कक्षसँग जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था हामीले आगामी वर्ष गर्नेछौँ । अरु पनि उपचारात्मक सन्दर्भमा जति पनि सामानहरु बाहरिबाट किनेर ल्याउँछौँ, सहयोगबाट पनि ल्याउँछौँ । त्यस्ता सीमानमा भन्सार छुट गर्ने व्यवस्था छ ।’

मन्त्री पौडेलले आँखा उपचारका लागि नीतिगत क्षेत्रको सुधार गर्न सरकार तयार रहेको बताउनु भयो । उहाँले आँखा उपचारका लागि नीतिगत पक्षबाट प्रभावकारी बनाउन सरकार लागिपरेको बताउनु भयो ।