१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु

नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु
अ अ+ अ-

काठमाडौँ । नेपाल—भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) को बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ ।

विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक आजदेखि काठमाडौंमा शुरु भएको हो । बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरावलोकनसम्मका विषय उठाउने गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताउनु भयो । उहाँले भारत नेपालको आयात निर्यात र व्यापारका हिसावले महत्वपूर्ण पार्टनर भएकाले भारतसँगको यस्ता छलफल निकै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

प्रवक्ता बाबुराम अधिकारीले नेपाल भारतबीच केही समयदेखि व्यापा र पारवहनमा देखिका समस्याहरु समाधान गर्ने विषयमा केन्द्रित भएर छलफल हुने जानकारी दिनुभयो । उहाँले एक अर्को देशको गुणस्तर प्रमाणीकरण गर्ने निकायले जारी गरेको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन सहमति गर्ने, नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिनुपर्ने व्यवस्थालाई नेपालको गुणस्तर तथा नापतौल विभागले दिने गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्ने जस्ता एजेण्डा नेपालको रहेको बताउनु भयो । उहाँले बैठकमा भारतका प्रतिनिधिहरु सकारात्मक भएर बैठकमा सहभागिता भएकाले बैठक उपलब्धिमुलुक हुने आशा रहेको बताउनु भयो । उहाँले नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन ढिलाई भएको विषयलाई पनि बैठकमा राखिने बताउँदै भारत त्यो विषयमा सकारात्मक रहेको बताउनु भयो । उहाँले यो बैठकले नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन सहज बनाउने विषयमा ब्रेक थ्रु हुने बताउनु भयो ।

बैठकमा निजी क्षेत्रले कृषि वस्तुको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्न समेत माग गरेका छन् । नेपाली निजी क्षेत्रले ढुवानीको लागत घटाउन, विराटनगर–सुनौली–नौतनवा रेल सेवालाई निरन्तरता दिन र थप बन्दरगाहमा नेपालको पहुँच पु¥याउने विषयलाई प्राथमिकता दिन सुझाव दिएका छन् । नेपाल–भारत वाणिज्य सचिवस्तरको आज र भोली चल्ने छ ।