२१ असार २०८३, आईतवार
,
Latest
संवेदनशील विषयमा मन्त्रीहरूको अभिव्यक्ति प्रति गगन थापाको असन्तुष्टि, ‘सरकारले संविधानको संवेदनशीलता बिर्सियो’ मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञानका लागि बनाइएका संरचनाहरुबाट सेवा शुरु गर्न माग



अ+ अ-

काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाहरुबाट स्वास्थ्य सेवा शुरु गर्नुपर्ने सांसदहरुले माग राखेका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बौल्दै सांसदहरुले यस्तो माग राख्नुभएको हो ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको छलफलमा सहभागि हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा।तोषिमा कार्कीले विश्वविद्यालयको लागि बनाइएको संरचनाले सुदूपश्चिमलाई जिस्क्याएर बसेको भन्दै स्वास्थ्य सेवा सुचारु गर्नुपर्ने माग राख्नुभयो । उहाँले सेती प्रादेशिक अस्पतालमा बिरामीको थेगि नसक्नु भीड भएको उल्लेख गर्दै विश्वविद्यालयका लागि बनाइएको संरचना प्रयोग गर्न विधेयक कुर्न नहुने बताउनु भयो । उहाँले सेती प्रादेशिक अस्पतालमा एउटै बेडमा तीन÷तीन जना बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै कुनै प्रकोप आएको खण्डम उक्त अस्पतालले धान्न नसक्ने बताउनु भयो ।

उहाँले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रलयबीच समन्वय गर्न लगाएर सेती अस्पतालमा अपुग भएका स्वास्थ्य सेवाहरु विश्वविद्यालयका लागि बनाइएको संरचनामा विस्तार गर्नको लागि निर्देशन दिन समितिसमक्ष माग गर्नुभयो । उहाँले विधेयकहरु विधेयकका लागि मात्र ल्याइन्छन् कि सेवा दिनको लागि रु भन्दै प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विधेयकहरु विधेयकका लागि मात्र ल्याइन्छन् कि सेवा दिनको लागि ? संरचनाहरु जनतालाई सेवा दिनको लागि निर्माण गरिन्छन कि जिस्क्याउनका लागि?७५ विघा जमिनमा झन्डै ८ अर्ब जति खर्च गरेर त्यत्रा ठूलाठूला संरचनाहरु बनाइएका छन् धनगढीमा । त्यस संरचनाले सुदूपश्चिमलाई जिस्याएर बसेको छ । तर बिरामीहरु काठमाडौंसम्म आउनुपर्ने अवस्था छ । त्यहाँ नजिकै सेती प्रादेशिक अस्पताल छ । त्यहाँ यस्तो बेजोक स्थिति छ । बिरामीको चाप यत धेरै छ कि एउटै बेडमा दुईतीन जना बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था छ । अस्पतालको गेटदेखि नै बिरामीको यति धेरै भिड छ । यदि कुनै प्रकोप आएछ भने त्यो अस्पतालले धान्ने सक्दैन । त्यहाँ नजिकै ७५ विघाका संरचना हासेर गिज्याएर बसेको अवस्था छ । ति संरचनाहरुले स्वास्थ्य उपचार सेवा दिनको लागि यो विधेयकलाई कुरेर बस्ने हो ? कहिले प्रतिष्ठान भनिन कहिले विश्वविद्यालय भनिने तर अलपत्र रहेर बसेको अवस्थामा स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रलयबीच समन्वय गर्न लगाएर सेती अस्पतालमा अपुग भएका सेवाहरु त्यहाँको संरचनामा बिस्तार गर्नको लागि निर्देशनको माग गर्दछु ।’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सर्वसाधारणका छोराछोरीको समेत चिकित्सा शिक्षमा पहुँच पुग्ने गरी ल्याउनुपर्ने बताउनु भयो । उहाँले चिकित्सा शिक्षा अत्याधिक महंगो भएकाले सर्वसाधारण वञ्चित हुनुपरेको बताउनु भयो । उहाँले विश्वविद्यालयका प्राध्यापकहरु र कर्मचारीहरु मुलुकको विकासका लागि निःस्वार्थ भावनाले लाग्नुपर्ने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चिकित्सा शिक्षा सर्वसाधारण जनताका छोराछोरीले पाउने गरेर विधेयकमा राख्यौं भने चिकित्सा शिक्षा पढ्न एक करोड चाहिन्छ भने सामान्य जनताले पाउने भएन । त्यसकारण यो विषय पनि यस विधेयकमा राख्दा सहिद दशरथ चन्दको नाममा आएको विश्वविद्यालयले हामीलाई पढाउने रहेछ भन्ने आशा जनताले पनि देख्छन् । अर्को, विश्वविद्यालयका प्राध्यपक, कर्र्मचारी र विद्यार्थीहरु बीच देश र जनताको निस्वार्थर्पूर्वक सेवा गर्ने छलफल गर्नुपर्छ भनेर लेखिदिनुपर्छ । नत्र देशको लागि चिकित्सकहरु चिन्तित नै नहुने भयो । उसलाई पनि त देशको चिन्ता हुनुपर्छ नि । यो विषय पनि यहाँ राखौँ ।’

नेकपा (एमाले) का सांसद रघुजी पन्तले सबै विश्वविद्यालयहरुको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षा मन्त्री राख्न नहुने धारणा राख्नुभयो । उहाँले त्रिभूवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री राखेपनि अन्य विश्वविद्यालयको कुलपति प्रदेश प्रमुखलाई बनाउनुपर्ने माग राख्नुभयो । उहाँले छिमेकी मुलुक भारतमा समेत सोही अभ्यास भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस विधेयको संरचना हेर्दा संघीय सरकारले शहीद दशरथचन्द विश्वविद्यालय खोल्ने कुरा देखाउँछ । किनभने कुलपति प्रधानमन्त्री, सहकुलपति शिक्षामन्त्री राखेर ल्याइएको छ । त्रिभूवन विश्वविद्यालयको कुलपतिसम्म प्रधानमन्त्रीलाई राख्दा पुग्ला । तर अन्य विश्वविद्यालयमा पनि प्रधामन्त्रीलाई कुलपति र शिक्षामन्त्रीलाई सहकुलपति राखिराख्न जरुरी छैन । त्यसैले यो त प्राविधिक विषय हो । यसको केन्द्रीय सरकारसँग कसरि यसको लिंक गर्ने त्योबारेमा सोचौं । संघीय सरचना भएका देशहरुमा कतिपय ठाउँमा प्रदेश प्रमुखलाई कुलपति बनाइएको हुन्छ । तर त्यसबाट पनि त्यहाँ टसल आएको छ ।’

बैठकमा अधिकांश सांसदहरुले चिकित्सा शिक्षामा सर्वसाधारणको सहज पहुँच पुग्नेगरी विधेयक ल्याउनुपर्ने धरणा राखेको थिए । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित भएर शिक्षा समितिमा आएको हो । सरकारले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचनामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ ।