१३ माघ २०८१, आईतवार
,
Latest
‘कतै राप्रपा केन्द्रीय समितिको बैठक ‘कामकाज एकातिर कुम्लो बोकि ठिमितिर त भएन ?’ सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछानेको तेस्रो दिनको बहस सुरु एनसिआईएफएफको छैटौं संस्करण काठमाडौंमा : ४७ देशका ९८ चलचित्रहरु सहभागी माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान सिफल उकालोमा स्मृति सभा संसद अधिवेशनको तयारीबारे प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख तिलकको अर्धशतकसँगै भारतले इंग्ल्याण्डलाई हरायो रास्वपाको सचिवालय बैठक बस्दै अर्थतन्त्र चलायमान बनाउन अध्यादेश: अर्थमन्त्री पौडेल बाँसखर्क अर्थात् सुन्तलाखर्कः पाखैभरि पहेँलपुर सुन्तला कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जान्छौंः अध्यक्ष सिंह



अ+ अ-

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरु पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जाने बताउनुभएको छ ।

मंगलवार ललितपुरमा पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताउनुभएको हो ।

उहाँले वर्तमान परिवेशमा निर्माण क्षेत्र सकसमा रहँदा पनि राज्यले निर्माण व्यवसायीहरुका समस्या समाधान नगरेकाले सडक आन्दोलनमा जान बाध्य भएको बताउनु भयो । उहाँले पुस २७ गते निर्माण व्यवसायीहरुको राष्ट्रिय भेला गरी सरकारलाई खबदारी गर्ने योजना रहेको बताउनु भयो । उहाँले भेलामा ७७ जिल्ला र प्रदेशका प्रतिनिधिहरु रहने बताउनु भयो । उहाँले भेलाको विषयमा सरकारका सबै निकायलाई जानकारी दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘वर्तमान परिवेशमा निर्माण क्षेत्र अत्यन्तै सकसमा छ । पौष २६ गते निर्माण व्यवसायीहरुको राष्ट्रिय भेला गरी सरकारलाई खबदारी गर्नेछौँ । यो भेला निर्माण क्षेत्रको समस्या समाधानको लागि आन्दोलनको रुपमा लैजान पनि सकिन्छ । ७७ जिल्ला र प्रदेशका प्रतिनिधिहरुसहित भेला हुने छ । आन्दोलित भएर सडकमा जानुपर्ने अवस्था आएको छ । सरकारका सबै निकायहरु सबैलाई जानकारी दिएका छौँ । सिमेन्ट उद्योगीहरुले उत्पादनलाई कटौती गरेर कालोबजारी गरेर ५ सय रुपैयाँ रहेको सिमेन्टको मूल्य आज ७७० रुपैयाँसम्म पु¥याएको छ । त्यो विषयमा पनि आन्दोलित भएका छौं ।’

उहाँले सकसमा रहेको निर्माण क्षेत्र सिमेन्ट उद्योगीहरुले उत्पादनलाई कटौती गरेर मूल्यमा गरेको कालोबजारीले थप मारमा परेको बताउनु भयो । उहाँले सिमेन्ट उद्योगीहरुले सिमेन्टको मूल्य ५ सयबाट ७७० रुपैयाँसम्म पु¥याएको बताउनु भयो ।