७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता
अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तीन साता लामो बिभिन्न देशको भ्रमण सकेर स्वदेश फर्कनु भएको छ ।

गत मंसिर २२ गते युरोप प्रस्थान गर्नुभएको परराष्ट्रमन्त्री राणा त्यतैबाट भारत भ्रमणमा जानु भएको थियो । उहाँ द हेग, बर्लिन र नयाँ दिल्लीमा भएका कार्यक्रमहरू एवं ब्रसेल्स र लक्जेमबर्गमा भएका द्विपक्षीय बैठकहरूमा सहभागी हुनु भएको थियो  ।

सोमबार भारतको नयाँ दिल्ली हुँदै राणा स्वदेश फर्कनु भएको हो । अन्तराष्ट्रिय बिमानस्थलमा उहाँले संञ्चारकर्मीहरुलाई भ्रमणको बारेमा जानकारी गराउनु भयो ।

भ्रमणबारे गराउनु भएको जानकारीको पूर्णपाठ-

 सञ्चारकर्मी मित्रहरू

१. नेदरल्याणडको द हेग, जर्मनीको बर्लिन र भारतको नयाँ दिल्लीमा भएका कार्यक्रमहरू एवं ब्रसेल्स र लक्जेमबर्गमा भएका द्विपक्षीय बैठकहरूमा सहभागी भई आज स्वदेश फर्केको छु ।

२. भ्रमणका अवसरमा भएका द्विपक्षीय भेटघाट एवं कार्यक्रमहरूका बारेमा त्यसै समयमा सामाजिक सञ्जालमा सम्प्रेषित सन्देश, परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासहरूबाट जारी प्रेस विज्ञप्ति लगायतका माध्यमबाट यहाँहरू अवगत नै हुनुहुन्छ ।

३. खासगरी द हेगमा रहेको अन्तर्राष्ट्रिय न्ययालय (International Court of Justice –ICJ) मा “जलवायु परिवर्तनका सम्बन्धमा राज्यहरूको दायित्व” सम्बन्धी सार्वजनिक सुनुवाइमा मेरो नेतृत्वको प्रतिनिधिमण्डलले ९ डिसेम्बर २०२४ मा मौखिक बयान दिएको थियो । उक्त बयानबारेको विस्तृत विवरण यहाँहरूले पाइसक्नु भएकै छ । गत २ देखि १२ डिसेम्बर सम्म अन्तर्राष्ट्रिय न्यायालय क्ष्ऋव् मा चलेको सुनुवाईमा ९८ देशहरू एवम् अन्य केही संस्थाहरूका तर्फबाट मौखिक धारणा राखिएको थियो । जलवायु परिवर्तनका सम्बन्धमा राज्यहरूको दायित्वका बारे विभिन्न देश एवं संस्थाहरूले अन्तर्राष्ट्रिय न्यायालय सामू व्यक्त गरेको लिखित एवम् मौखिक धारणा समेतका आधारमा आगामी वर्ष ICJ ले आफ्नो राय तयार गर्नेछ ।

४. अन्तर्राष्ट्रिय अदालतमा भएको प्रस्तुती पश्चात १० डिसेम्बरमा लक्जेम्बर्गका उपप्रधानमन्त्री, विदेश मामिला तथा वैदेशिक व्यापार मन्त्री र विकास सहयोग तथा मानवीय मामिला मन्त्री महामहिम जेभियर बेटेलसँग उहाँको कार्यालयमा भेट गरेँ । सन् २०१३ देखि २०२३ सम्म लक्जेम्बर्गको प्रधानमन्त्रीको रूपमा लामो समय सेवा गरिसक्नु भएका महामहिम बेटेलसँगको भेटमा हामीले द्विपक्षीय मामिलाहरूका बारेमा चर्चा गरेका थियौँ ।

५. साथै १२ डिसेम्बरमा यूरोपेली यूनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्रा, अन्तर्राष्ट्रिय साझेदारीका आयुक्त महामहिम श्री जोजेफ सिकेला, युरोपेली नागरिक संरक्षण र मानवीय सहायता सञ्चालनका महानिर्देशक श्री मासीज पोपोस्कीसँग भएका भेटघाटमा हामीले जलवायु परिवर्तन, नेपालको स्वच्छ ऊर्जाको विकास र पर्वतीय सवालमा नेपालले लिएको अग्रसरता, साथै युरोपेली आकासमा नेपाली एयरलाइन्स माथिको प्रतिबन्ध फुकुवा विषयमा केन्द्रित रहेर छलफल गर्यौँ ।

६. त्यसैगरी १३ डिसेम्बरका दिन मैले बेल्जियमका विदेश मामिला, युरोपेली मामिला र विदेशी व्यापारमन्त्री श्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेँ । उक्त भेटघाटमा द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका साथै समसामयिक विश्व राजनीतिका विषयमा छलफल भएको थियो ।

७. डिसेम्बर १६ मा म र मेरो प्रतिनिधिमण्डलले जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (GFZ), पोट्सडैम, जर्मनीको भ्रमण गर्यौं । भ्रमणका क्रममा मैले जियोमोर्फोलोजी प्रमुख प्रा डा निल्स होभियस र परियोजना तथा अन्तर्राष्ट्रिय मामिलाका प्रमुख डा लुडविग स्ट्रोनिकसँग भेटघाट गरेँ । उक्त अवसरमा नेपालमा विपद जोखिम न्यूनीकरण लगायतबारे छलफल भयो ।

८. त्यसैगरी डिसेम्बर १७ मा Equal Rights Coalition ले बर्लिनमा आयोजना गरेको समानता सम्बन्धी सम्मेलनमा म सहभागी भएँ । उक्त सम्मेलनमा मैले नेपालका अल्पसंख्यक समूहहरू, विशेष गरी यौनिक र लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूको समावेशीकरण र मानवअधिकारका बारेमा विचारहरू व्यक्त गरेको छु । यौनिक र लैङ्गिक अल्पसंख्यकको हक हितको प्रत्याभूतीका लागि नेपालमा भएका विभिन्न प्रावधान र अभ्यासहरू बारे प्रकाश पार्दै यौनिक लगायतका अल्पसङ्ख्यकहरूको अधिकारका क्षेत्रमा नेपाल विश्वमा नै अग्रणी रहेको विषयमा जोड दिएको छु ।

९. युरोपको भ्रमण पश्चात मैले भारतको नयाँ दिल्लीमा भएका कार्यक्रममा सहभागी भएँ । दिल्लीमा रहँदा मैले २० डिसेम्बरका दिन भारतको EGROW Foundation र नेपालको Kathmandu University द्वारा संयुक्तरुपमा आयोजना गरिएको Indo–Nepal Economic Conference को उद्घाटन सत्रलाई सम्बोधन गरेँ । उक्त सम्बोधनमा मैले साझा सम्बृद्धी र विकासका लागि नेपाल र भारतबीच बृहत आर्थिक साझेदारी हुनु पर्नेमा जोड दिँदै भारतका निजी क्षेत्र र व्यवसायीलाई नेपालका विभिन्न क्षेत्रमा लगानी बढाउन आग्रह गरेको छु ।

१०. अन्त्यमा, यस भ्रमणबारे निरन्तर समाचार सम्प्रेषण गर्नुहुने सबै सञ्चारकर्मी मित्रहरूलाई धन्यवाद ज्ञापन गर्दछु । साथै, प्रतिनिधिमण्डलका सदस्यहरू, ब्रसेल्स, बर्लिन र नयाँदिल्लीस्थित नेपाली राजदूतावास लगायत यो भ्रमणमा विभिन्न रुपले सहयोग गर्ने सम्पूर्णमा म आभार व्यक्त गर्न चाहन्छु ।
धन्यवाद ।