१३ भाद्र २०८३, शनिबार
,
Latest
आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई पर्सा प्रहरीले महिला हिरासतमा राख्ने



अ+ अ-

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन प्रकरणमा बयानका लागि पोखराबाट वीरगञ्ज लगिँदैछ ।

उनलाई पोखराबाट काठमाडौं हुँदै हवाइ मार्गबाट सिमरा लगेर वीरगञ्ज पुर्‍याइने छ । वीरगञ्जको आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थासम्बन्धी मुद्दामा प्रहरीले लामिछानेसँग बयान लिनेछ ।

जिल्ला प्रहरी कार्यालय पर्साले रविसहित १४ जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिए अनुसन्धान थालिरहेको छ ।

सोही प्रकरणमा बयान लिन प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई स्थलमार्गबाट आइतबार नै वीरगन्ज पुर्याइसकेको छ ।

व्यवस्थित हिरासत कक्ष नभएका कारण पर्सा प्रहरीले केही व्यवस्थापन गरेर छविलाल जोशी र रामबहादुर खनाललाई जिप्रकाको महिला हिरासतमा राखेको छ । रविलाई पनि सोही कक्षमा राखिने प्रहरीको भनइ छ ।

जिप्रका पछाडि अधिकृत आवास जाने बाटोसँगै रहेको महिला सेलको छेउमा महिला हिरासत रहेको र महिला कैदी नहुँदा खाली हुने भएकाले त्यसैमा रंगरोगन गरेर उनीहरूलाई राखिने प्रहरीले जनाएको छ ।

जिप्रका पर्साले यसअघि भीआइपी थुनुवालाई नारायणी मेडिकल कलेजको अतिथि गृहमा राख्दै आएको थियो ।