२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईजिपी कुँवरलाई मानवअधिकार आयोगले बोलायो



अ+ अ-

काठमाडौं । मानव अधिकार आयोगले नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मानवअधिकार हनन भएको भनेर आयोगमा पुगेको उजुरीको सम्बन्धमा छलफल गर्न महानिरीक्षक कुँवरलाई आयोगको कार्यालयमा उपस्थित् हुन भनेको हो ।

लामिछानेलाई प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै रास्वपाको तर्फबाट कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगसमक्ष उजुरी दर्ता गरेका थिए ।

उजुरी दर्ता गरेको भोलिपल्टै आयोगले आईजिपी कुँवरलाई सोधपुछको लागि बोलाएको हो । कुँवर कार्यालय समयभित्रै आयोगको कार्यालय पुग्ने बताईएको छ ।