२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग मनमुटाव भएको भन्ने प्रचार गलत होः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीबीच मनमुटाव भएको भन्ने गलत प्रचार गरिएको बताउनुभएको छ ।

आईतवार कला परिषद्मा आयोजित फोटो प्रदर्शनी अवलोकन पश्चात सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरुमा कुनै सत्यता नभएको बताउनु भयो । उहाँले यस्तो समाचारको विषयमा प्रतिक्रिया दिन लायक समेत नभएको उल्लेख गर्नुभयो ।

उहाँले गलत प्रचार गर्नेहरुले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर मनको लड्डू घ्युसँग खानु बाहेक अरु केही नभएको भन्दै गलत समाचारले कसैलाई पनि फाइदा नगर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको उल्लेख गर्नुभयो । उहाँले केपी शर्मा ओली प्रधानमन्त्री भएर सन् २०१६,२०१८ र २०२४ मा गर्नुभएको चीन भ्रमण सफल र उपलब्धिपूर्ण भएको जिकिर गर्नुभयो । उहाँले भ्रमणबाट नेपालले महत्वपूर्ण उपलब्ध हासिल गरेको भन्दै त्यसले नेपालको दीर्घकालिन विकास सहयोग पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ प्रधानमन्त्री र मेरोबीचमा दूरी बढेको भन्ने समाचारहरु प्रतिक्रिया दिन लायक होइनन् । यो विषयमा सच्याई सानो अंश पनि छैन । दूरी बढ्यो भनेर मनको लड्डु घ्युसँग खानु मात्रै हो । गलत समाचारले कसैलाई पनि फाइदा गर्दैन । प्रधानमन्त्रीको यस पटकको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको छ । सन २०१६,२०१८ र २०२४ को चीन भ्रमण सफल र उपलब्धीपूर्ण भएका छन् । भ्रमणबाट नेपालले महत्वपूर्ण उपलब्ध हासिल गरेको छ । नेपालको दीर्घकालिन विकासको लागि प्रधानमन्त्रीको चीन भ्रमण महत्वपूर्ण छ ।’

सञ्चारकर्मीहरुले गरेका मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकारका काम सम्बन्धित प्रश्नमा अर्थमन्त्रीले अर्थतन्त्रमा रहेका समस्याका चाङलाई एक–एक गरी पन्छ्याउँदै अगाडि बढिरहेको बताउनु भयो । उहाँले सरोकारवालाहरुसँग समन्वय र सुझावसहित सरकार अर्थतन्त्र सुधारमा लागेको बताउनु भयो । उहाँले पछिल्लो चार महिनामा सरकारले केही उल्लेख्य कामहरु गरेको दाबी गर्नुभयो । उहाँले नीतिगत रुपमा रहेका अन्योल र दुविधालाई धेरै हदसम्म स्पष्ट गरेको बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दा पछिल्लो समय अर्थतन्त्रले गति लिन थालेको बताउनु भयो । उहाँले बैंकको ब्याजदर सिंगल डिजिटमा ल्याउन सफल भएको पनि बताउनु भयो । उहाँले गत वर्ष चार महिनाको अवधिमा ३ प्रतिशत मात्रै राजश्व वृद्धि रहेकोमा यो वर्ष चार महिनामा अहिले १७ प्रतिशतले राजश्व वृद्धि भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हामी सरकारमा आउँदा विगतका केही बाँझहरु थिए । अर्थतन्त्रमा समस्याका चाङ थिए । ती समस्यालाई एक–एक गरी पन्छाउँदै सरकार अगाडि बढिरहेको छ । पहिला समस्या के हुन् र समाधान के हुन्छ भनेर छलफल गरौं । सरोकारवालाहरुसँग समन्वय र सुझावसहित छलफल गरौं । सरकार बनेपछि केही उल्लेख्य कामहरु भएका छन् । नीतिगत रुपमा रहेका अन्योल र दुविधालाई धेरै हदसम्म स्पष्ट गरेका छौं । सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दा पछिल्लो समय अर्थतन्त्रले गति लिन थालेको छ । बैंकको ब्याजदर सिंगल डिजिटमा ल्याउन सफल भएका छौं । तरलता सहजताको अवस्थामा छ ।

मूल्यवृद्धिलाई सीमाभित्रै राख्न सकेका छौं ।राजश्व वृद्धिका कुरा गर्दा पनि गत वर्ष चार महिनाको अवधिमा ३ प्रतिशत मात्रै राजश्व वृद्धि थियो । चार महिनामा अहिले १७ प्रतिशतले राजश्व वृद्धि भएको छ । क्रमस उत्पादन,उत्पादकत्व वृद्धि,रोजगारी सिर्जना लगायतका क्षेत्रमा केन्द्रित हुन चाहेका छौं । अहिले पनि अर्थतन्त्रमा सरकारले देखेको समस्या बैंकको तरलतालाई उत्पादन, उत्पादकत्व वृद्धि र राजगारी सिर्जनाका निम्ति सदुपयोग गर्न सक्नुपर्छ भन्ने विषय सोचिरहेका छौं । उत्पादन र निजी क्षेत्रको मनोवल बढाई अर्थतन्त्रलाई गतिशिल बनाउने दिशातर्फ सरकारको प्रयास भइरहेको छ ।’

उहाँले सरकार उत्पादन,उत्पादकत्व वृद्धि,रोजगारी सिर्जना लगायतका क्षेत्रमा केन्द्रित हुन चाहेको बताउनु भयो । उहाँले बैंकको तरलतालाई उत्पादन, उत्पादकत्व वृद्धि र राजगारी सिर्जनाका निम्ति सदुपयोग गर्न सक्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले उत्पादन र निजी क्षेत्रको मनोवल बढाई अर्थतन्त्रलाई गतिशिल बनाउने दिशातर्फ सरकारको प्रयास भइरहेको उल्लेख गर्नुभयो ।